नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु
मातृभूमी संवाददाता । २० कार्तिक काठमाण्डाै
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिए । बितेको २४ घण्टामा १३ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ हजार ५ सय ७०, ललितपुरमा १ सय ८९ र भक्तपुरमा १ सय १९ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जनाले काेराेना संक्रमणलाइ जितेर घर फर्किएका छन् । योसँगै काेराेना संक्रमणलाइ जितेर घर फर्किनेकाे संख्या १ लाख ४४ हजार ८ सय ७८ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको छ । पछिल्लो २४ घण्टामा ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै हाल सम्म नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।