वीर अस्पतालका १६ चिकित्सकले दिए सामूहिक राजीनामा

मातृभूमी संवाददाता । २० कार्तिक काठमाण्डाै

वीर अस्पतालको आकस्मिककक्षमा कार्यरत् १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । आवश्यक सेवा–सुविधा र भत्ता कटौती गरेको भन्दै दुई सातादेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरुले बुधबार राजीनामा दिएका हुन् । जोखिम मोलेर २४ घन्टा डियुटीमा लगाउने र आवश्यक स्रोत–साधनसमेत उपलब्ध नगराएको भन्दै उनीहरु यही कात्तिक २ गतेदेखि आन्दोलनमा उत्रिएका थिए ।

उनीहरुले बुधबार अस्पतालका निर्देशक डा. केदार सेन्चुरी समक्ष राजीनामा बुझाएका हुन् । अस्पतालले कोरोनाको समयमा पनि स्वास्थ्य सुरक्षाका सामग्री व्यवस्थापन नगरेको र दशैं–तिहारको भत्तासमेत नदिएको राजीनामापत्रमा उल्लेख गरिएको छ । ९६ घन्टासम्म विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले मनोबलमा गिरावट आइ राजीनामा दिन बाध्य भएको उनीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *