अमेरिकी राष्ट्रपतिमा जो बाइडन विजयी

मातृभूमी संवाददाता । २३ कार्तिक काठमाण्डाै

अमेरिकी राष्ट्रपतिमा डेमोक्रेट उम्मेदवार जो बाइडन विजयी भएका छन् । यो विजयसँगै उनी अमेरिकाको ४६ औं राष्ट्रपति वनेका छन् । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी भए पनि मत गणनाको पछिल्लो रिपोर्टहरुमा उनी विजयी भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउँदै उनले राष्ट्रपति भवन ह्वाइट हाउसको यात्रा सुनिश्चित गरेका हुन् ।

अघिल्ला निर्वाचनमा रिपब्लिकनले जितेका राज्यमा विजयी ध्वजा फहराउँदै बाइडनले जीत निकालेका हुन् । फक्स न्यूजका अनुसार बाइडनको पक्षमा २९० इलोक्टोरल मत पुगिसकेको छ । जबकी ट्रम्पका पक्षमा २१४ मत मात्र रहेको छ । बाइडनको जीतको घोषणा भइरहँदा त्यही पराजय व्यहाेरेका वर्तमान राष्ट्रपति ट्रम्पले भने कानूनी संघर्षमा जाने वताएका छन् ।

अघिल्लो निर्वाचनमा ट्रम्पले जितेका एरिजोना, जर्जिया, पेन्सिलभानिया, विस्कन्सिन, मिचिगन जस्ता महत्वपूर्ण राज्यको इलेक्टोरल मत आफ्नो पोल्टामा पार्दै बाइडन राष्ट्रपति कार्यालय ह्वाइट हाउसको यात्रा निश्चित गरेका हुन् । अमेरिकी निवौचन प्रणाली अनुसार राष्ट्रपतिमा निर्वाचित हुन ५३८ मध्ये २७० इलेक्टोरल मत आवश्यक पर्दछ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *