नेपालमा थप १७ जना कोरोना संक्रमितकाे मृत्यु
मातृभूमी संवाददाता । २३ कार्तिक दैलेख
नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या शनिबार ३५ हजार ४ सय ३५ पुगेको छ । पछिल्लो २४ घन्टामा २ हजार ७ सय ५३ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमित बढेका हुन् । थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै १ हजार ५ सय १२ जना हुन् । हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ६२ रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।
थप २,२०६ ‘डिस्चार्ज’
पछिल्लो २४ घन्टामा देशभर २ हजार २सय ६ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको छ ।
थप १७ जनाको मृत्यु
कोरोनाका कारण पछिल्लो २४ घन्टामा देशभर १७ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण काठमाडौं उपत्यकाका मात्रै ४ सय ६ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले संक्रमितको मृत्युदर ०.६ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घन्टामा १० हजार ४ सय २३ जनाको ‘पीसीआर’ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।