बालविवाह गरेको आरोपमा दुई जना प्रहरीकाे नियन्त्रणमा

मातृभूमी संवाददाता । २३ कार्तिक दैलेख

वालविवाह गर्ने दुइ जनालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । नारायण नगरपालिका २ ढुंगेखानीकी १५ वर्षीय बालिका र डुंगेश्वर गाउँपालिका ५ डाँडापराजुलका १६ वर्षीय बालकलाई अभिभावकबाट भागेर बाल विवाह गरेको आरोपमा प्रहरीले नियन्त्रण लिएको छ ।
बिहीवार अपरान्ह सदरमुकामबाट भागेर डाँडापराजुल पुगेर विवाहको घोषणा गरी घरमै बसेको अवस्थामा डाँडापराजुल प्रहरी चौकीले घरबाटै नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएको दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले इमेल मार्फत जानकारी दिए ।
उनीरु बिरुद्ध बाल विवाह कसूरमा मुद्दा चलाइएको र बाँकी अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले बताए । प्रहरीले एक महिनाकाे अन्तरालमा चलाएको बाल विवाह मुद्दाको संख्या ५ पुगेको छ । २०६८ को जनगणना अनुसार नेपालमा अत्याधिक बालविवाह हुने जिल्लाहरुको संख्यामा दैलेख मुलुकको तेश्रो र कर्णाली प्रदेशमा पहिलो जिल्ला हो ।
मुलुकी अपराध सहिंता ऐन २०७४ को दफा १७३ ले २० वर्ष नपुगी गरिने विवाहलाई बाल विवाह कसूरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैंयाँ जरिवाना गर्ने कानूनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *