नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो
मातृभूमी संवाददाता । २६ कार्तिक काठमाण्डाै
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६९ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । नेपमालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६९ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेको छ ।
नेपालमा पछिल्लाे २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण गरिएकाेमा २ हजार ५ सय ६९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६६ जनाले काेराेना संक्रमणलाइ जितेर घर फर्किएका छन् । योसँगै नेपालमा काेराेना संक्रमणलाइ जितेर घर फर्किनेकाे संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ६१ जना काेराेना संक्रमित थपिएका छन् । जसअन्तरगत काठमाडौंमा ९ सय ७६, ललितपुरमा २ सय ४ र भक्तपुरमा ८१ जना संक्रमित थपिएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ पुगेको छ ।