कोरोनाका कारण रोजगारी गुमाएका ३ सय भन्दा वढि युवालाई रोजगारी दिईने
मातृभूमी संवाददाता । २७ कात्तिक दैलेख
दैलेखको दुल्लु नगरपालिकामा सहायता कक्ष स्थापना गरिएको छ । USAID को आर्थिक सहयोग, दुल्लु नगरपालिकाको सहकार्य र तयार नेपालद्वारा एभरेस्ट क्लब दैलेखको सामाजिक परिचालनमा सहायता कक्ष स्थापना गरिएको हो ।
नगरपालिकामा स्थापना गरिएको सहायता कक्ष मार्फत दुल्लु नगरपालिकाद्वारा सन्चालित क्रियाकलाप, कोभिड–१९ सम्बन्धी सचेतनात्मक जानकारी र कार्यालय परिसरको जानकारी उपलब्ध गराइने छ ।
सहयाता कक्षको स्थापनासँगै दुल्लु नगरपालिकाको तिन वडामा कोभिड–१९ रेस्पोन्स तथा सोसियो इकोनमी रिकभरि प्रोजेक्ट मार्फत कोभिड–१९ को महामारीका कारण रोजगारि गुमाएका तिन सय भन्दा बढी युवाहरुलाई विभिन्न क्रियाकलापका माध्यामबाट रोजगारि उपलब्ध गराइने जनाईएको छ ।
सहायता कक्षको प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले रिबन काटेर उद्घाटन गरिएको थियो । कार्यक्रममा दुल्लु नगरपालिकाका प्रमुख घनश्यम भण्डारी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपाल, एभरेष्ट क्लव दैलेखका अधक्ष्य दिपक कुमार शही लगायतको उपस्थिती रहेको थियो ।