बंगालादेशसँगकाे पहिलाे मैत्रीपुर्ण फुटवलमा नेपाल २–० गाेल अन्तरले पराजित

मातृभूमी संवाददाता । २८ कार्तिक काठमाण्डाै

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा शुक्रबार बंगलादेशसित २–० गोलको हार व्यहोरेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा घरेलु टोलीले दुवै हाफमा एक/एक गोल गरेको थियो । बंगलादेशले ११औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । ८०औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो ।

दुई वर्षअघि यी दुई टोलीबीच भएको अन्तिम भिडन्तमा नेपाल २–० गोलले विजयी भएको थियो । नेपालले करिब एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको हो । कोरोना महामारीपछि खेलमा फर्कन दुवै टोलीले मैत्रीपूर्ण खेल खेलेका हुन् । बंगलादेश र नेपालबीच दोस्रो मैत्रीपूर्ण खेल मंसिर २ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!