कर्णालीमा काेराेनाका सक्रिय संक्रमित ६ सय ४६
मातृभूमी संवाददाता । २८ कार्तिक दैलेख
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ३८ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रवार थपिएका ३४ सँगै कर्णालीमा सक्रिय संक्रमितहरुको संख्या ६ सय ४६ जना रहेको प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाको तथ्यांकमा उल्लेख छ ।
शुक्रवार सुर्खेतमा ३३, हुम्लामा चार र सल्यानमा एक जना नयाँ सक्रमित थपिएका हुन् । योसँगै कर्णालीमा संक्रमितको संख्या ६ हजार तीन सय ४६ जना पुगेको छ । कर्णालीमा शुक्रवार ५५ जना कोरोना संक्रमित संक्रमण निको भई डिस्चार्ज भएका छन् । यो सँगै कर्णालीमा संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या पाँच हजार ७ सय जना पुगेको छ ।
स्वास्थ्य सेवा महाशाखाका तथ्यांक अनुसार कर्णालीका १० जिल्ला मध्ये सबै भन्दा धेरै सुर्खेतमा २ हजार ७ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि दैलेखमा एक हजार ५ सय ६० जनामा संक्रमण पुष्टि भईसकेको छ ।
यस्तै हुम्लामा ३८, मुगुमा ३६, डोल्पामा १५, जुम्लामा ३ सय ४५, कालिकोटमा ३ सय ८, जाजरकोटमा १ सय १३, रुकुम पश्चिममा १ सय ९३ र सल्यानमा ५ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । अन्य प्रदेशका ४ सय ११ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । हालसम्म कर्णालीमा कोरोनाका कारण १६ जनाको ज्यान गएको छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा २१११ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६८१२९ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको छ । काठमाडौं उपत्यकामा २४ घण्टामा १२०७ जना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९१९, ललितपुरमा १८० र भक्तपुरमा १०८ जना संक्रमित थपिएका छन् ।