नेपालमा ५ सय २ जना काेराेना संक्रमित थपिए, थप १७ जनाको मृत्यु

मातृभूमी संवाददाता । ३ मंसिर काठमाण्डाै

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय २ जना कोरोना संक्रमित थपिएका हुन् । पछिलो २४ घण्टामा ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गरिएकोमा ५ सय २ जनामा काेराेनाे संक्रमण पुष्टि भएकाे हाे ।

काठमाडौं उपत्यकामा थप ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा २ सय ८९, ललितपुरमा ३८ र भक्तपुर १२ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ८ सय ७८ जनाले कोरोना संक्रमणलाइ जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणलाइ जितेर घर फर्किनेकाे संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ९ सय ८६ रहेकाे छ । पछिल्लो २४ घण्टामा १७ जनाका काेराेना संक्रमणवाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ४७ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *