जनता र पार्टीप्रति गद्दारी नगरौँ : डा. भीम रावल

मातृभूमी राजनितिक व्युराे । ३ मंसिर काठमाण्डाै

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का दुई अध्यक्षबीच शक्ति संघर्ष चर्किएको बेला स्थायी कमिटी सदस्य तथा नेता भिम रावलले पार्टी फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न चेतावनी दिएका छन् ।

सामाजिक संजालमा ट्वीटरमा एक ट्वीट गर्दै नेता रावलले पार्टी भित्रको अहिलेको समाधान नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना भएको बताएका छन् । उनले बैठकबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *