नेकपा सचिवालय बैठक सकियो, बैठक दश दिनपछि फरी बस्ने

मातृभूमी राजनितिक व्युराे । ३ मंसिर काठमाण्डाै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीभित्र देखिएको विवादका बारेमा छलफल भएको हो । बैठकमा प्रधानमन्त्री ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने जानकारी दिए । उनले अलग्गै प्रतिवेदन ल्याउने भएकाले बैठक १० दिनका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अर्को बैठक मंसिर १३ गते बस्ने र त्यही दुबै अध्यक्षका प्रतिवेदनमाथि छलफल गरिने भएको हो । बैठकले आगमी १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि गरेको छ । अर्को बैठक दश दिनपछि बस्नेगरी सकिएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चार माध्यमलाई जानकारी दिए ।

बुधबारको बैठकमा कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनमाथि सामान्य चर्चा भएको छ । दाहालले प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई सही दिशा दिन नसकेको भन्दै गम्भीर आरोप लगाएपछि प्रधानमन्त्री ओली बुधबारको बैठकमा भाग नै नलिने अडानमा रहेपनि पछि बैठकमा सहभागि भएका थिए ।

ओलीले नेताहरुसँग दाहालले लगाएका आरोप बेतूकको रहेको भन्दै जवाफ नदिने बताउँदै आएका छन् । सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । त्यसअघि मंगलवार पनि उनले राष्ट्रपतिसँग भेट गरेका थिए । मंगलबार राति नै ओलीसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले पनि भेटवार्ता गरेकि थिइन् । मंगलबार नै दाहालले पनि राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *