नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ५९ पुग्याे
मातृभूमी संवाददाता । ३ मंसिर काठमाण्डाै
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४२ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ ।
नेपालमा पछिल्लाे २४ घण्टामा जम्मा ६ हजार ७ सय ३१ जनाकाे पीसीआर परीक्षण गरिएकोमा १ हजार ४ सय ४२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । मन्त्रालयका अनुसार हालसम्म १६ लाख २३ हजार ७ सय ५४ जनाको पीसीआर परिक्षण गरिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ७८ छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३८ जनाले कोरोना संक्रमणलाइ जितेर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणलाइ जितेर घर फर्किनेकाे संख्या १ लाख ८२ हजार ७ सय ८० पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाकाे कोरोना संक्रमणवाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ५९ पुगेको छ ।