विदेशवाट फर्किएका युवालाई वाख्रा वितरण (फोटो फिचर)

मातृभूमी संवाददाता । ६ मंसिर दैलेख
दैलेखको नारायण नगरपालिकाका विदेशवाट फर्केका युवाहरुलाई वाख्रा वितरण गरिएको छ । नारायण नगरपालिकाका ३, ४, ५, ७, ८, १० र ११ का विदेशवाट फर्केका युवाहरुलाई वाख्रा वितरण गरिएको हो । कोरोना महामारीका कारण रोजगारी गुमाएर स्देश फर्किएका युवाहरुलाई गाउँमै स्वरोजगार वनाउन वाख्रा वितरण गरिएको नारायण नगरपालिका पशुपंक्षि शाखाका चित्र प्याकुरेलले जानकारी दिए ।
प्रतिव्यक्ति ३ वटा वाख्राका दरले २० जनालाई वितरण गरिएको छ । वाख्रासँगै वाख्रालाई कुणो तथा घाँस खुवाउने टान्नो समेत वितरण गरिएको छ । राना कृषि तथा पशुपक्षि फर्म नारायण नगरपालिका ६ विजौरावाट खरिद गरी वितरण गरिएको जनाईएको छ ।
जिल्लाका अन्य पालिकाहरुमा पनि आवश्यक परेमा विभिन्न जातका उन्नत खसी वाख्रा उपलव्ध गराउन सकिने राना कृषि तथा पशुपक्षि फर्म नारायण नगरपालिका ६ विजौराका संचालक रोहित कुमार रानाले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *