कोरोना परिक्षणको शुल्क असुल्दै दैलेख अस्पताल, निजि मेडिकलवाट स्वाव संकलन
मातृभूमी संवाददाता । ८ मंसिर दैलेख
नेपाल सरकारले कोरोना भाईरस (कोभिड–१९) को चेकजाँच तथा संक्रमितको उपचार निशुल्क गर्ने निर्णय गरेको भएपनि दैलखमा भने चेकजाँच वापतको रकम लिने गरिएको छ । दैलेख अस्पतालले कोरोना चेकजाँच गरेवापत प्रतिव्यक्ति २ हजारका दरले रकम लिने गरेको हो । सरकारले पिसिआर गरेको रकम नलिने गरेको निर्णय लत्याउँदै दैलेख अस्पतालले २ हजारका दरले रकम असुलिरहेको छ ।
यसवारेमा दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तवहादुर सुनारसँग वुझ्दा उनले सरकारको निर्णय अनुसार नै पिसिआर परिक्षण गरिरहेको वताए । प्रमुख जिल्ला अधिकारीले भने, ‘जसले शुल्क दिन सक्छ उवाट लिने गरिएको र शुल्क दिन नसक्नेवाट नलिने गरिएको छ ।’ तर कस्तासँग शुल्क लिने कस्तासँग शुल्क नलिने भन्नेवारे आम नागरिकलाई स्पष्ट नपारिएको स्थानीय वुद्धिजीवीको भनाई छ ।
निजि मेडिकलवाट स्वाव संकलन
दैलेखमा कोरोना चेकजाँच गर्नका लागी निजि मेडिकलवाट समेत स्वाव संकलन गरिएको छ । स्थानीय मेडिकलवाट स्वाव संकलन गरी चेकजाँच गरेको पाईएको हो । सरकारले निजि क्षेत्रवाट पिसिआर परिक्षण नगर्ने भनेपनि निजि मेडिकलवाट स्वाव संकलन गरी पिसिआर परिक्षण गरिएको थियो । केहि समय अघि १५ जनाको स्थानीय मेडिकलवाट स्वाव संकलन गरी पिसिआर परिक्षण गरिएको पाईएको हो ।
एक स्थानीयले नाम नछाप्ने सर्तमा दैलेख अस्पतालका प्रमुख निराजन पन्तले सोहि निजि मेडिकलमा ओभर टाईम गर्ने भएकाले स्वाव संकलन त्यहि गर्न लगाएको वताए । उनले भने, ‘डाक्टरसावले त्यहि मेडिकलमा ओभरटाईम गर्नुहुन्छ । त्यहि भएर होकी हामीलाई पनि त्यहिवाट स्वाव दिन लगाउनुभयो ।’ जहाँवाट स्वाव संकलन गरिएको हो त्यहि चेकजाँच गर्नुपर्ने होला तर स्वाव निजि मेडिकलवाट लगियो । चेकजाँच चै सरकारी ल्यावमा भयो । खासमा कुरो केहो वुझ्न सकिएन एक स्थानीयले नाम नछाप्ने सर्तमा भने ।
यता दैलेख अस्पतालका प्रमुख डा. निराजन पन्तले शुल्क नलिनु भन्दा पहिला गरिएको र अहिले त्यस्तो नभएको वताए । उनले भने, ‘पहिला कोरोना चेकजाँच निःशुल्क हुँदा निजि मेडिकलवाट स्वाव संकलन गरिएको र शुल्क लिन थालेपछि विल काट्न अस्पताल नै जानुपर्ने हुँदा निजि मेडिकलवाट स्वाव संकलन गरिएको छैन ।’ उनले निजि मेडिकलमा उपचारका लागी आउने विरामीलाई सामान्य लक्षण देखा परेपछि अस्पतालमा झन् संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै निजि मेडिकलमा स्वाव संकलन गरिएको स्वीकारे ।