‘लगनशिलता आवश्यक’
मातृभूमी संवाददाता । ९ मंसिर दैलेख
गुराँस गाउँपालिकाका शिक्षक श्रोत शिक्षक थीरेन्द्रकुमार बीसीले शिक्षण सिकाई प्रभावकारिताको निम्ति शिक्षक, विद्यार्थी र अभिभावक समेतको लगनशीलता आवश्यक रहेको बताएका छन् । सहयात्रा परियोजनाले गुराँसेमा सम्पन्न लैंगिक समता, सकारात्मक अनुशासन र मनोसामाजिक सहयोग विषयक ५ दिने तालिम समापत कार्यक्रममा उनले यस्तो वताएका हुन् ।
शिक्षक श्रोत शिक्षक बीसीले सेभ द चिल्डे«ेनको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित सहयात्रा परियोजनाले शैक्षिक विकास र बालअधिकार संरक्षण पु¥याएको सहयोगको लागि धन्यवाद समेत दिए । कार्यक्रममा सहयात्रा परियोजनाका कार्यक्रम निर्देशक नवराज बीसीले तालिम सिकेको सीप व्यवहारमा प्रयोग गर्न तालिममा सहभागी शिक्षकहरुको विद्यलाय तथा समुदायमा समन्वय आवश्यक हुने वताए ।
तालिम समापन कार्यक्रममा सहजकर्ता पत्रकार अमर सुनारले कोभिडको प्रभाव कम गर्न लैंगिक समता, सकारात्मक अनुशासन र मनोसामाजिक सहयोग अझ बढी आश्यकता भएको वताएका थिए । त्यस्तै लक्ष्मी मावि रतिखोलाकी शिक्षिका पुष्पा गुरुङ्ग र जयजनता मावि जोरेबाँझका शिक्षक उदय बिकले पनि तालिमको प्रभावकारिता बारे आफ्नो भनाई राखेका थिए ।
मंसिर ५ गतेदेखि सुरु भएको तालिममा लैंगिक समता विषयमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका बाल अधिकार श्रोत व्यक्ति डम्वर रोकाय, सकारात्मक अनुशासन सम्वन्धी सहयात्रा परियोजनाका शैक्षणिक श्रोत व्यक्ति बासुदेव भट्टराई र मनोसामाजिक सहयोग सन्दर्भमा बाल मनोविज्ञ पत्रकार अमर सुनारले सहजीकरण गरेका थिए ।
तालिममा सहयात्रा परियोजनाको कार्यक्षेत्रका ११ महिला सहित २० जना शिक्षकहरुको सहभागिता थियो । परियोजनाले दैलेखको गुराँस गाउँपालिकाका ८ वटै वडाका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार, बालअधिकार संरक्षण र सुशासन विषयमा सन् २०१९ देखि ५ वर्षका लागि काम गर्दै आएको छ ।