रुकुम पश्चिमा जीप दुर्घटनामा चारको मृत्यु, चालक फरार
मातृभूमी संवाददाता । १३ मंसिर रुकुम पश्चिम
आठबीसकोट नगरपालिका ८ दाजेमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । एक जना गम्भिर घाइते भएका छन् । आठबीसकोट नगरपालिकाको घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजेतर्फ जाँदै गरेको रा १ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे दुर्घटना हुँदा चारै जनाको घटनास्थलमै मृत्यु भएको रुकुम पश्चिमका डिएसपी ठगवहादुर केसीले जानकारी दिए ।
दुर्घटनामा आठबीसकोट ८ का गोरे नेपाली, सार्के नेपाली, आइते चदारा र सोही नगरपालिका ७ का कलिभान नेपालीको मृत्यु भएको डीएसपी केसीले जानकारी दिए । दुर्घटनामा लालबहादुर नेपाली भएको घाइते भएको डिएसपी केसीको भनाई छ । जिप सडकवाट एक सय मिटर तल खसेको छ । जिपका चालक डिल्ली वहादुर नेपाली भने फरार रहेका छन् ।