कर्णाली योजना आयोगको उपाध्यक्षमा दैलेखका खड्का

मातृभूमी संवाददाता । १३ मंसिर दैलेख
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा दैलेखका सर्वराज खड्कालाई नियुक्त गरिएको छ । कर्णाली प्रदेश सरकारको यहि मंसिर ११ गते वसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । दैलेख नारायण नगरपालिका ८ का सर्वराज खड्कालाइ नियुक्त गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् । खड्का दैलेख नारायण नगरपालिका ८ स्थानी निवासी हुन् ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको उपकुलपतिमा नियुक्त भएपछि खाली रहेको पदमा खड्कालाई नियुक्त गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *