मावि स्तरिय निवन्ध लेखन प्रतियोगिता सम्पन्न
मातृभूमी संवाददाता । १६ मंसिर दैलेख
दैलेख सदरमुकाममा मावि स्तरिय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान सफल पार्ने उद्देश्यका साथ एभरेष्ट क्लब दैलेख र अक्सफाम नेपालको साझेदारिमा आयोजित ‘समाजमा लैगिंक समानता प्रर्बद्धन र घरायसि काममा पुरुष सहभागिता’ विषयक प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा नारायण नगरपालिकाका ७ वटा विद्यालयका ७ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा रेडक्रस मावि नानपा ६ की छात्रा मनिषा कुमारी रेग्मी, वशन्त मावि नानपा ७ किमगाउँकी छात्रा निशा रावत, फुलवारी विद्या मन्दिर नानपा ६ का छात्र उत्तम विक र सरस्वती मावि नानपा ८ तर्ताङ्गकी छात्रा कविता रावलले क्रमशःप्रथम, द्धितिय, तृतिय र शान्तवना स्थान हात पारेका छन् ।
प्रतियोगितामा उत्साहाजनक सहभागिताको लागि अन्य प्रतियोगिहरुलाई पनि स्वस्थ्य सामग्री हस्तान्तण गरिएको थियो । प्रतियोगिताका विजेतलाई स्वास्थ्य सामग्री प्रदान गर्दै प्रमुख अतिथि एवंम नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले वधाई दिएका थिए । प्रमुख अतिथि खड्काले लैङ्गिक हिंसा अन्त्य गर्दै समानतामूलक न्यायोचित समाज निर्माणका लागि समृद्ध, समानता, सभ्यता र न्यायको बाटोमा अगाडी बढ्न सहभागिहरुमा आग्रह गरे ।
यस्तै प्रतियोगितमा प्रथम स्थान हासिल गर्न सफल रेडक्रस मावि नानपा ६ भुर्तीमा कक्षा १० मा अध्यनरत छात्रा मनिषा कुमारी रेग्मीले लेखेको निवन्धको सम्पादित अंश:
लैङ्गिक समानता भनेको समाजमा महिला, पुरुष वा छोराछोरी र धर्मसंस्कृतीलाई भेदभाव नगरि समान रुपमा हेर्नु नै लैङ्गिक समानता हो ।
समाजमा लैङ्गिक समानता र प्रर्वद्वन
क) समाजमा महिला र पुरुष एकै हुन भन्ने कुराको जनचेतना फैलाउनु पर्छ ।
ख) पुरुष सरह महिलालाई पनि समाजको काममा अगाडी बढाउनु पर्छ ।
ग) यो समाजमा जति पुरुषको भुमिका छ त्यति महिलाको पनि हुनु पर्छ ।
घ) छोरा र छोरीमा भेदभाव गर्नु हुदैन ।
ङ) छोरीलाई घरको काममा मात्र सिमित नगराई समाजको कामाा पनि लगाउनु पर्छ ।
च) १८ औ शताव्दीको कुपर्थालाई हटाएर २१ औ शताब्दीको नयाँ कुराका विकास गर्नु पर्छ ।
छ) महिला र पुरुष एकै हुन् । यिनमा भेदभाव नगरि सबैको दायित्व बरावर हुनु पर्छ भन्नु कुराको विकास हुनुपर्छ ।
ज) यो पुरुष प्रधान देश हो भन्ने मनोबल हटाएर हामि सबै एक हो र महिलालाई पनि यो समाजमा आफैमा आफै निर्भर भएर जिउन उच्च सहास र मनोबल बढाउनु पर्छ ।
झ) यो महिनावारि एक शारिरीक चर्क हो । यसमा कुनै छुवाछुत गर्नु पर्दैन भन्ने कुराको विकास गर्नु पर्छ ।
ञ) महिला जस्तै पुरुष, पुरुष जस्तै महिला पनि यो समाजको अभिन्न अङ्ग हुन् भन्ने कुराको जनचेतना फैलाउनु पर्छ ।
घरायसी काममा पुरुष सहभागीताको महत्व
१) महिलाले मात्र घरायसी काम गर्नु पर्छ भन्ने छैन यो काम पुरुषले गर्दा पनि हुन्छ, जस्तैः
क) महिला खाना पकाउदै छ भने पुरुषले तरकारी काटिदिने र अन्य समान जम्मा गरिदिने ।
ख) पुरुषले आफ्नो लत्ता कपडा आफै धुने महिलालाई घरायसी काममा साथ दिने ।
ग) घरमा कुनै कुराको कमि छ भने सवै समानको बन्दोवस्त मिलाई दिने ।
घ) छोरा छोरीको दुबैको अवश्यता पुरा गरिदिने ।
ङ) महिला वा बच्चा बच्ची बिरामी भएको बेला उनिहरुको उपचार गर्ने ।
च) महिलाले घरायसी काम गर्न नसक्ने अवस्था भएको वेला पुरुषले घरायसी काम गरि सघाई दिने ।
छ) घरायसी काम प्रति महिलालाई प्रोत्साहन दिने र उच्च मनोवल बढाउने ।
पुरुषले आफ्नो सोच र विचारलाई परिवर्तन गरेर हामी सबै एकै हौ, हामी सबै यस पृथ्वीमा भगवानका बरदान हौ, हामी सबैलाई आमाले नै जन्म दिनु भएको हो, पुरुष, महिला नभए यस धर्तीमा हामी हुदैन थियौ भन्ने कुरा मनमा राखी उच्च सोच र विचारले अगाडि बढ्नु पर्छ ।
लैङ्गिक समानताको बारेमा अरु कुराहरु पनि छन्, लैङ्गिक भनेको छोरा, छोरी, महिला पुरुष सबै लिङ्ग हो भन्ने समानता छोरा छोरी वा अन्य धर्म संस्कृतीलाई समान रुपमा हेर्नू हो । हामीले कुनै जाती, भाषा, धर्म संस्कृती सबैका बराबर भन्ने कुरा लैङ्गिक समानताले जनाउदछ । जो १८ औ शताब्दीका कुपर्थाहरु छन् जस्तै, छुवाछुत, दास पर्था, बहुबिबाह, बाल बिवाह जस्ता कुपर्थाहरु छन्, यी कुपर्थाहरु हटाएर हामीले नयाँ कुराको विकास गरि समाजमा हामीले असल कुराहरुको बयान गर्नु पर्छ र पुराना कुराको सोच हटाएर नयाँ कुराको सृजना गर्नुपर्छ ।
माथि प्रस्तुत गरिएको समाजमा लैङ्गिक समानता प्रर्वद्वन र घराएसी काममा पुरुष सहभागीताको महत्व भन्ने शिर्षकमा बयान गरिएको छ र अरु केही थप कुराहरु लैङ्गिक समानताका बारेमा लेख्दै छु ।
पुरुषले आफ्नो सोच विचार लाई परिबर्तन गरेर महिला जस्तै हामी पनि घराएसी काममा अगाडी बढनुपर्छ, महिला वा छोराछारीलाई भेदभाव र हेला नगरि हामी सबै बराबर हौ, यहाँ महिला र पुरुषमा भेदभाव गर्नु हुदैन । पुरुष जस्तै महिला पनि यो समाजको अङ्ग हो, भन्ने गरिन्छ पुरुष र महिला एक रथका दुई पाटा हुन भन्ने कुरा मनमा सोच राखी हामी सबै अगाडी बढ्नु पर्छ ।
समाजमा भएका लैङ्गिक हिंसाहरु भइरहेका छन्, जस्तै छाउपडि प्रथा, महिनावारी, र महिनावारी भएको बेला गोठमा सुत्नु पर्ने, घर जान नपाईने जस्ता समस्याहरु पनि छन् । त्यस्तै घरमा श्रीमती हुँदाहुँदै पनि अर्को विबाह गर्ने, बुवा आमा कुनै लोभ र प्रलोभनमा परि वाल विवाह गर्ने जस्ता कामहरु गर्छन् ।
हामीले यी सबै खराव कुराहरु हटाएर, समाजमा यो लैङ्गिक हिंसा हो र हामीले यो लैङ्गिक हिंसा हुन नदिएर लैङ्गिक समानता अपानाउनु पर्छ भन्ने कुराको जनचेतना फैलाउदै अगाडि बढ्नु पर्छ ।
पुरुषले महिलाहरुको मनको कुरा बुझी महिलालाई वा छोरा छोरीलाई विरामी भएको बेला उपचार गर्ने जस्ता कुराको मन बाटै सोच र विचार लिएर अगाडी बढ्नु पर्छ । अव देखि लैङ्गिक हिंसाको अन्त्य गरि लैङ्गिक समानताको कुराहरुको विकास गर्नुपर्छ र साथसाथै कुनै धर्म, संस्कृती, जात जाती, भाषा लाई सम्मान गरि सवैको दायित्व बरावर हुनुपर्छ भन्ने कुराको विकास हुनु पर्छ ।
लैङ्गिक हिंसा एउटा समाजिक समस्याको प्रमुख आधार हो । लैङ्गिक हिसा हुन नदिन हामीले समाजमा लैङ्गिक समानताका बारेमा जानकारी गराउदै समाजका र देशका नागरिकलाई आज वाट लैङ्गिक हिंसा गर्नु हुदैन र सहदैन भन्ने कुराका जानकारी गराउँदै परिवर्तनको शुरुवात आफैवाट गर्छु भनि अगाडी बढ्नु पर्छ ।