दैलेखका ७ स्थानीय तहमा अस्पताल निर्माणका लागी भवनको शिलान्यस

नाैमूले अस्पतालकाे शिलान्यास गर्दै प्रतिनिधिसभा सदस्य पार्वती बिशुन्के ।

मातृभूमी संवाददाता । १६ मंसिर दैलेख
कर्णाली प्रदेशका ४२ वटा स्थानीय तहमा आधारभूत अस्पतालको एकसाथ शिलान्यास गरिएको छ । प्रदेशका दश जिल्लामा ५, १० र १५ शैयाका अस्पतालको एकसाथ शिलान्यास गरिएको हो । प्रदेशमा पाँच शैयाको एक, १० शैयाको नौ र १५ शैयाका ३२ वटा स्वास्थ्य संस्थाको सोमबार शिलान्यास गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सल्यानमा ८, सुर्खेत र दैलेखका ७/७, जाजरकोट र हुम्लामा ४/४ वटा, रुकुमपश्चिम र डोल्पाका ३/३, मुगु, जुम्ला र कालिकोटका २/२ वटा स्थानीय तहमा अस्पताल शिलान्यास गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै दैलेखका आठविस नगरपालिकाको राकमकर्णाली स्वास्थ्य चौकीमा १५, ठाँटिकाँध गाउँपालिकाको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा १५, चामुण्डाविन्द्रासैनी नगरपालिकाका लयाँटिविन्द्रासैनी स्वास्थ्य चौकीमा १५, भैरवी गाउँपालिकाको भैरीकालिकाथु स्वास्थ्य चौकीमा १५ शैयाको अस्पतालमा रुपान्त्रण गर्न लागिएको हो ।
यसैगरी महावु गाउँपालिकाको गैडावाज स्वास्थ्य चौकीमा १०, गुराँस गाउँपालिकाको रतिखोला स्वास्थ्य चौकीमा १५ र नौमूले गाउँपालिकाको नौमूले प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शौयाको अस्पताल निर्माणका लागी भवनको शिलान्यास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *