नेकपाको वुधवारको बैठकमा ओली नजाने

मातृभूमी राजनितिक व्युराे । १७ मंसिर काठमाण्डाै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले वुधवार (आज)का लागि बोलाइएको सचिवालय बैठकमा उपस्थित नहुने जनाएपछि नेकपा बैठकबारे अन्योलता बढेको छ । मंगलबार भएको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र पुष्कपकमल दाहालबीच बाझाबाझको अवस्था सृजना भएको र अरु नेताले पनि दाहालको पक्ष लिएपछि ओली अफ्ठ्यारोमा परेका छन् । त्यही अफ्ठ्यारो बढेपछि उनी बुधबारको बैठकमा उपस्थित हुनुको अर्थ छैन भन्दै बैठकबाट बाहिरिएका थिए ।

मंगलबारको बैठकमा दाहालले बैठक शुरु गर्दै पेश भएका दुई अध्यक्षको प्रतिवेदनमा छलफल अगाड बढ्ने बताएलगत्तै ओलीले दाहालको लाञ्छनापत्रमा छलफल नहुने भन्द हस्तक्षप गरेका थिए । तर ओलीको यो शैलीप्रति अरु नेताले आपत्ति जनाउँदै बैठकमा आएका दुबै प्रतिवेदनमा छलफल हुने अडान लिएका थिए । त्यसलगत्तै ओली प्रतिरक्षात्मक वनेकाले बुधबारको बैठकमा आफू नआउने जनाउ दिएका थिए ।

कार्तिक २८ मा अध्यक्ष दाहाल र मंसिर १३ मा ओलीले पेश गरेका प्रतिवेदनमाथि छलफल गर्ने नगर्ने मै नेताहरुबीच भनाभनको अवस्था आएको थियो । बैठकको अध्यक्षता गरिरहेका दाहालबाट एजेण्डा सुनेपछि बोलेका ओलीले दाहालको प्रस्तावलाई लाञ्छनापत्र भन्दै फिर्ता भएमात्रै छलफल गर्न आफु तयार हुने बताएका थिए । उनले भने, ‘लाञ्छना पत्र फिर्ता हुनुपर्छ, म त्यो लाञ्छना पत्र मान्दै मान्दिन र त्यसमा छलफल पनि हुन सक्दैन । बहुमत, अल्पमत र कमिटी पनि मान्दिन । तपाइहरुले पार्टी फुटाइसक्नुभएको छ, अब के को पार्टी एकता ? यो के को प्रस्ताव हो ? तपाइँहरुले लगाएका आरोपहरुको मैले जवाफ दिइसकेको छु । अब त्यसमा फेरि छलफल किन गर्ने यो हुनै सक्दैन ।’

ओलीले यस्तो भनेपछि दाहाल सहितका बहुमत नेताले भने बैठकमा छलफल गर्नुपर्नेमा जोड दिएका थिए । दाहालले भने ओलीलाई आफूहरुलाई उत्तेजित पार्न खोजेपनि उत्तेजित नहुने भन्दै भनेका थिए, ‘कमरेड उत्तेजित नहुनुस् प्रस्तावमाथि छलफल सुरु भइसक्यो ।’ तर दाहालको भनाइ प्रतिवाद गर्दै ओलीले ‘कसरी छलफल हुनसक्छ ?’ भनेपछि अरु नेताले दाहालका पक्षमा बोलेका थिए । नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले प्रस्ताव कमिटीमा पेश भएर छलफलमा गइसकेको बताएका थिए । रामबहादुर थापा, इश्वर पोखरेलले पनि छलफल गर्नुपर्ने बताएका थिए । बैठक बुधबार पुन १ बजेका लागि बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *