रिहा भए रामचन्द्र, सरकारले शक्तिको दुरूपयोग गरेको आरोप
मातृभूमी राजनितिक व्युरो । १७ मंसिर काठमाण्डौ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । पक्राउ गरेको करिब ६ घण्टापछि पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले रिहा गरेको हो ।
उनलाई प्रहरीले तनहुँको व्यास नगरपालिका १ तालघरेबाट नियन्त्रणमा लिएको थियो । रिहा भएपछि कार्यकर्तालाई सम्बोधन गर्दै पौडेलले केपी ओली नेतृत्वको सरकारले शक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।
पौडेललाई जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार दिउँसो निषेधाज्ञा उलंघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । पौडेल पुल उद्घाटनमा जाँदा सत्तारुढ नेकपानिकट राष्ट्रिय युवा संघले अवरोध गर्न खोजेपछि झडपको अवस्था आएको थियो ।
यसैबीच वरिष्ठ नेता पौडेलमाथि भएको धरपकड र गिरफ्तारीलाई लिएर कांग्रेस नेताहरुले आक्रोश पोखेका छन् । पौडेललाई पक्राउ गरेपछि सभापति शेरबहादुर देउवाले त्यसको विरोध गरेको छन् । तनहुँमा पुल उदटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले रिहाइको माग गरेका हुन् ।
सभापति देउवाले बुधबार विज्ञप्ति निकालेर तत्काल रिहाको माग गरेका हुन् । नेता पौडेल प्रतिको र्दुव्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोप लगाएका छन् । ‘सरकारको यो निन्दनीय व्यवहारको भत्र्सना गर्दै तत्काल उहाँलाई रिहाइ गर्न, अन्यथा उत्पन्न हुने परिस्थितिको सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु,’ उनले जारी गरेको विज्ञप्तीमा भनेका छन् ।