राजसंस्था र हिन्दु राज्यको माग गर्दै सुर्खेतमा प्रदर्शन

तस्विर गुगल

मातृभूमी संवाददाता । १८ मंसिर सुर्खेत
कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा आज (विहिवार) राज संस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै राजावादीहरुले जुलुस प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले विरेन्द्रनगरको कालिन्चोकवाट दर्जनौ गाडी र सयौं मोटरसाईकलमा नेपालको झण्डा वोकेर वुलवुले चोक, मंगलगढी चोक, मुख्य वजार हुँदै विरेन्द्रचोकमा सभाको आयोजना गरेका छन् । प्रदर्शनको क्रममा राजावादीहरुले राजा आउ देश वचाउ, हिन्दु राष्ट्र घोषणा गर जस्ता नारा लगाएका छन् । सो जुलुसमा पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानी कोमलको तस्वीरसहितको व्यानर पनि राखिएको छ ।
देशव्यापी रुपमा राज संस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गरिरहेको स्वतन्त्र नागरिक संघर्ष समितिले नै आज सुर्खेतमा प्रदर्शनको आयोजना गरेको हो ।
विरेन्द्रनगरमा गरिएको सो प्रदर्शनमा स्थानिय प्रशासनले हस्तक्षप नगर्ने जनाएको छ । शान्तिपुर्ण तरिका सभासम्मेलन र प्रदर्शन गर्न पाउने अधिकार संविधानमै व्यवस्था भएको भन्दै रोक नलगाउने वुधवार नै स्थानिय प्रशासनले जानकारी दिएको थियो । तर कोरोना संक्रमणका कारण सुरक्षा मापदण्ड अपनाउन आयोजकलाई अनुरोध गरिएको पनि निमित्त प्रमुख जिल्ला अधिकारी रोमवहादुर महतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *