कांग्रेस वरिष्ट नेता पौडेल माथी भएको दुव्र्यवहार र गिरफ्तारीको दैलेखमा विरोध
मातृभूमी संवाददाता । १८ मंसिर दैलेख
नेपाली कांग्रेस दैलेखले विहिवार सदरमुकाममा विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि वुधवार तनहुँमा पुल उद्घाटनका क्रममा गरिएको दुव्र्यवहार र गिरफ्तारीको विरोधमा दैलेख कांग्रेसले नारा जुलुस सहित सदरमुकाममा विरोध प्रदर्शन गरेको हो ।
बिहीवार नेपाली काँग्रेस दैलेख, नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलले संयुक्त रुपमा सदरमुकाम दैलेख बजारमा सरकार विरुद्ध शंख जुलुस निकालेका थिए ।
जुलुस लगत्तै सदरमुकाममा कोणसभाको आयोजना गरी कांग्रेस दैलेखले सरकारी रवैयाको विरोध गरेको थियो । सदरमुकाममा आयोजित कोणसभामा बोल्दै कांग्रेस दैलेखका नेताहरुले लोकतन्त्रको उपहास गर्दै वर्तमान सरकारले अधिनायकवादी कदम सुरु गरेको आरोप लगाए ।
कोणसभामा वोल्ने अधिकांस वक्ताहरुले अहिलेको सरकार भ्रष्टचारीको संरक्षण गर्दै भ्रष्टचारमा लिप्त भएको वताएका थिए । उनीहरुले अहिलेको सरकार काण्डैकाण्डको सरकार भएकाले भ्रष्टचार र भ्रष्टचारीलाई प्रशय दिदै आएको वताएका थिए ।
विरोधका क्रममा वक्ताहरुले यो सरकारले नेपाल र नेपालीको हितमा काम गर्न नसक्दा आफ्नै पार्टिवाट समेत विरोध भएको र अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नौ कुर्ची जोगाउन नेपाली कांग्रेसलाई सरकारमा लैजान खोजेपनि आफ्नो पार्टि सरकारमा नजाने वताएका थिए । उनीहरुले उखान टुक्काले देश नचल्ने पनि वताए ।