दैलेखको चामुण्डामा जीप दुर्घटना ३ जना घाईते

मातृभूमी संवाददाता । २१ मंसिर दैलेख
दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सुर्खेतबाट चामुण्डातर्फ जाँदै गरेका जीप चामुण्डा विन्द्रासैनी नगरपालिका ४ को बुडेली पातिकान्लामा दुर्घटना हुँदा तिन जना घाईते भएका हुन् ।
सुर्खेत देखी आईरहेको लु १ च ७५०६ नम्बरको बोलेरो जीप साङ्गेतडा–पाल्त सडक खण्डमा आइतबार दिउँसो दुर्घटना भएको हो । जीप सडकवाट झण्डै ४० मिटर तल खसेको प्रहरी चौकी चामुण्डाले पुष्टि गरेको छ ।
दुर्घटनामा परी चामुण्डा विद्रासैनी २ का २० वर्षीय चालक दानबहादुर आलेमगर, सोही ठाउँका १९ वर्षीय दिकपबहादुर आलेमगर र चामुण्डा विन्द्रासैनी १ का १९ वर्षीय लोकश चलाउने घाइते भएका छन् ।
घाइतेमध्ये दिपक र लोकेशको अवस्था गम्भीर रहेको र उनीहरूको थप उपचारका लागि दुल्लु अस्पताल पठाइएको चामुण्ड प्रहरीले जनाएको छ । दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *