छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

मातृभूमी संवाददाता । २३ मंसिर दैलेख
दैलेखमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । १४ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय वावुलाई प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको मौका छोपी ती पुरुषले छोरीलाई बलात्कार गरेको प्रहरीले ईमेल मार्फत जानकारी दिएको छ ।
ती पुरुषले गत शुक्रबार दिउँसो करीब साढे चार बजेको समयमा घरमा कोही नभएको मौका छोपी ललाई–फकाई आफ्नै छोरीलाई बलात्कार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, डीएसपी अनुपम श्रेष्ठले बताए ।
पक्राउ परेका पुरुषमाथि दैलेख जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *