सगरमाथाको उचाई वढ्यो
मातृभूमी संवाददाता । २३ मंसिर काठमाण्डौ
विश्वकै सर्वाेच्च शिखर सगरमाथाको उचाइ बढेको छ । फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफलपछि सगरमाथाको बढेको उचाइ सार्वजनिक गरिएको हो ।
अब सगरमाथाको उचाई ८८४८.८६ मिटर भएको छ । यसअघि नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने ८८४८ मिटर उचाई भारतले सन् १९५४ मा मापन गरेको हो । नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको थियो ।