ग्रामीण क्षेत्रमा चेतना आवश्यक

मातृभूमी संवाददाता । २३ मंसिर दैलेख
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले गैरसरकारी संस्थाले गाउँलाई ध्यान नदिंदा ग्रामीण क्षेत्रको चेतना विकास हुन नसकेको बताएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले मंगलवार दैलेख सदरमुकाममा आयोजना गरेको समावेशी र समतामूलक शिक्षा तथा मर्यादित महिनावारी विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रमुख थापाले जिल्लामा संचालित विभिन्न गैरसरकारी संघसंस्थाले गाउँलाई ध्यान नदिंदा ग्रामीण क्षेत्रका नागरिकको चेतना स्तरमा वृद्धि हुने नसकेको वताएका हुन् ।
जिल्लाका गैरसरकारी संस्थाहरुले सदरमुकाम र सुविधायुक्त ठाउँमा कार्यक्रम गरेर प्रतिवेदन बनाउने गरेकोप्रति प्रमुख थापाले असन्तुष्टी व्यक्त गरे । कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले महिला महिनावारी भएको बेला गरिने विभेद महिला हिंसाको पराकाष्टा भएको भन्दै छाउपथ्रा कानुनी रुपमा दण्डनीय भएको वताए ।
यस्तै स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख डा. जगत थापाले महिनावारी भएको बेला सरसफाई तथा पोषिलो खाना चाहिंले बेला दूध दही नदिने संस्कार अवैज्ञानिक भएको टिप्पणी गरे ।
दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेजबहादुर थापा, जिल्ला सरकारी वकील कार्यालयका निमित्त कार्यालय प्रमुख नमराज रेग्मी, दैलेख जिल्ला अदालतका बैतनिक वकील टेकबहादुर केसीले मर्यादित महिनावारीका विषयमा आफ्नो भनाई राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा दैलेखमा पहिलो महिला कानून व्यवसायी दिप्ती थापा, सामाजिक सेवा केन्द्र सोसेकका कार्यकारी निर्देशक सुजन न्यौपाने, एभरेष्ट क्लव दैलेखका लिला खत्री, पत्रकारहरु बिशाल सुनार, भिम सिजापति लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समितिका संयोजक दुर्गा गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन समितिका सदस्य सचिव भरतराज अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *