काेराेनावाट मंगलवार थप २३ जनाकाे मृत्यु

मातृभूमी संवाददाता । २५ मंसिर दैलेख

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणकाे पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफिङमा  पछिल्लाे २४ घण्टामा थपिएका १ हजार ३ सय ८२ जना सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ ।

यस्तै मंगलबार एकैदिन १ हजार ६ सय २१ जनाले काेराेना संक्रमणलाइ जितेर घर फर्किएका छन् । यो सहित कोरोना संक्रमणा जित्नेको संख्या २ लाख २९ हजार ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको दर ९४.१  प्रतिशत हो।

हाल देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार ६ सय ८६ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ । मंगलबार मात्र कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ ।

यस्तै हाल ५ सय २३ जना क्वारेन्टिन र १२ हजार ६ सय ८६ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । मंगलबार ८ हजार ९ सय ४७ स्वाब नमूना परीक्षण गराउँदा १ हजार ३ सय ८२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *