योजना सम्पन्न पश्चात वचेको रकम राज्यकोषमा फिर्ता

मातृभूमी संवाददाता । ८ पुस दैलेख
नारायण नगरपालिकाको वडा नं. ७ र ११ जाेड्ने लिड्के झोलुङ्गे पुल निर्माण गरिएको छ । लिड्के झोलुङ्गे पुलको मंगलवार एक कार्यक्रमका वीच कर्णाली प्रदेशसभा सदस्य अमर वहादुर थापाले उद्घाटन गरेका छन् ।
१ सय ५ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि संघीय सरकारको ४० लाख ३६ हजार ६ सय २४ को लागतमा पुल निर्माण भएको हो । नारायण नगरपालिकाले आवाश्यक सामाग्रीहरु खरिदमा समन्वयन गरेको थियो । सामाग्री खरिदमा २ लाख ९४ हजार २ सय ७४ बराबरको रकम खर्च भएको जनाईएको छ ।
टिबीएयु हेल्भेटासद्वारा ४ लाख ७५ हजार ५ सय बराबरको रकम लठ्ठा खरिदमा समन्वयन गरेको थियो । ग्रामिण विकास सेवा केन्द्रले प्राविधिक सहयोगमा निर्माण गरियको कार्यक्रम संयोजक नवीन कुमार शर्माले जानकारी दिए ।
सम्झौता समय भित्र काम सम्पन्न भै झोलुंङ्गे पुल उद्घटन कार्यक्रममा सार्बजनिक लेखा परिक्षण समेत गरिएको थियो । ४९ लाख ४ हजार ५ सय ७८ लागतमा सम्झौता समय भित्र काम सम्पन्न भै उद्घटन गरिएको हो । स्थानीय उपभोक्ताले झण्डै ९ लाख वरावरको श्रमदान गरेका छन् ।
झोलुंङ्गे पुलको उद्घाटन गर्दै कर्णाली प्रदेशसभा सदस्य थापाले यस क्षेत्रमा पुलको आवश्यकता भएको र स्थानीय जनताको माग र आवश्यकता अनुसार नै पुल निर्माण भएको वताए । उनले तिनै तहका सरकारले विकास निर्माण लगाएत भौतिक संरचना एकै चोटि नभई विस्तारै निर्माण गर्दै गैरहेको वताए । पुल उद्घाटन कार्यक्रममा नारायण नगरपालिका दैलेखका मेयर रत्नवहादुर खड्का, पत्रकार लगाएत स्थानीय वासिन्दाको उपस्थिति रहेको थियो ।
योजना निर्माण पश्चात वचेको रकम राज्यकोषमा फिर्ता
पुल निर्माणका लागी २०७६ सल भदौ ८ मा सम्झौता भई २०७७ साल मंसिर २२ गते पुल निर्माण सम्पन्न भएको हो । उक्त झोलुंङ्गे पुल निर्माण सम्पन्न पछि बचत भएको रकम राज्यकोषमा फिर्ता गर्ने वताईएको छ । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष हिमबहादुर सुवेदीले आफु उपभोक्ता समिति भएर काम गरेको झोलुङ्गे पुल सम्पन्न भै बचेको झण्डै १ लाख ४८ हजार वढि रकम राज्यकोषमै फिर्ता गर्ने घोषणा गरेका हुन् ।
योजना सम्पन्न पश्चात वचेको रकम फिर्ता गर्ने घोषणा गरेपछि स्थानीयले अध्यक्ष सुवेदीलाई धन्यवाद दिएका छन् । दैलेख जिल्लामा हाल सम्म संचालन भएका योजनाको काम सम्पन्न पश्चात वचेको रकम फिर्ता गर्ने उपभोक्ता समिति यो पहिलो भएको पत्रकार भुपेन्द्र शाहीले वताए । पत्रकार शाहीले उपभोक्ता समितिका अध्यक्ष सुवेदी र सम्पुर्ण उपभोक्ता समितिलाई धन्यवाद समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *