पोषणयुक्त खाना प्रदर्शनी तथा सहभोज

मातृभूमी संवाददाता । ८ पुस दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका १ चुप्रामा पोषयुक्त खाना प्रदर्शनी तथा सहभोज कार्यक्रम सम्पन्न भएको छ । एभरेष्ट क्लव दैलेखद्धारा संचालित कार्यक्रम हेल्भेटास/एनएमए र USAID/सुआहाराको संयुक्त आयोजनामा पोषणयुक्त खाना प्रदर्शनी तथा सहभोज कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा डुङ्गेश्वर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष लोगवहादुर डाँगी, वडासदस्यहरु, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक, आमा समुह, सुनौला हजार दिने वच्चा र आमा, महिला स्वास्थ्य स्वयसेवीका लगाएतको सक्रिय सहभागी रहेको थियो ।
कार्यक्रममा पोषणको महत्व, हजार दिनका आमा र वच्चाका लागी हरेक वार, खाना चार र स्थानीय स्तरमा पाईने खाद्यान्नको सही उपयोग गर्नेवारे सुआहाराका संयोजकले जानकारी दिएका थिए । कार्यक्रममा हरेक वार, खाना चारलाई प्रदर्शन गरिएको थियो । वजारमा पाईने जंक फुड भन्दा स्थानीय अन्नवालीको महत्ववारे सहभागीहरुलाई जानकारी गराईएको थियो ।
यसैगरी पोषयुक्त खाना प्रदर्शनी तथा सहभोज कार्यक्रममा वोल्दै डुङ्गेश्वर गाउँपालिका वडा नं. १ का अध्यक्ष लोगवहादुर डाँगीले आफ्नो वडामा रहेका विद्यालयलाई जंक फुड निषेधित क्षेत्र र वडामा एक घर, एक करेसावारी वनाउने अभियानलाई अगाडी वढाउने प्रतिवद्धता समेत गरे ।
वडाअध्यक्ष डाँगीले कार्यक्रम प्रभावकारी भए वडा कार्यालय र वडा नं. १ का विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको तर्फवाट विद्यालयका विद्यार्थीलाई पोषणको महत्ववारे प्रस्तुतीका लागी एभरेष्ट क्लव दैलेखलाई सहयोग गर्न पत्राचार गर्ने वताएका छन् ।
कार्यक्रमको सहजीकरण सुआहारा कार्यक्रमका फिल्ड संयोजक पंकज श्रेष्ठ र हेल्भेटास/एनएमएका कार्यक्रम संयोजक केवलसिंह वोगटीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *