वाल विवाह गर्ने दुई जना पक्राउ
मातृभूमी संवाददाता । १० पौष दैलेख
दैलेख प्रहरीले बाल विवाह गर्ने एक जोडीलाई पक्राउ गरेको छ । जिल्लाको नौमूले गाउँपालिका वडा नम्बर १ का १८ बर्षीया अमित सुनार र महाबु गाउँपालिका वडा नम्बर १ का १५ बर्षीया परिवर्तित नाम ६२ दैलेख घ ३० पक्राउ परेका हुन् ।
सुनार र परिवर्तित नाम ६२ दैलेख घ ३० ले बाल विवाह गरेको भन्ने परिवर्तित नाम आमा ६२ दैलेख घ ३१ ले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नौमूलेबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई अमित सुनारको घरमा विवाह गरी बसेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरुले गएको मंसिर २१ गते वाल विवाह गरेका थिए । उनीहरुलाई वाल विवाह गरी घरमै लुकिछिपी वसिरहेको अवस्थामा यहि पौष ८ गते बुधवार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा ल्याए पश्चात दैलेख जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले विहिवार राति ईमेल मार्फत जानकारी दिएका छन् ।