कर्णाली प्रदेश खेलकुद परिषदको सदस्यमा दैलेखकी खड्का नियुक्त
मातृभूमी संवाददाता । ०९ पौष दैलेख
कर्णाली प्रदेश खेलकुद परिषदको सदस्यमा दैलेखकी हेमा खड्का नियुक्त भएकी छन् । विगत लामो समयदेखी खेल क्षेत्रको विकास र खेल क्षेत्रलाई नै आफ्नो कर्म ठान्ने खड्का परिषदको सदस्यमा नियुक्त भएकी हुन् । उनलाई कर्णाली प्रदेश सरकार, मन्त्रीपरिषद् बैठकले खड्कालाई खेलकुद परिषदको सदस्यमा नियुक्त गरेको हो ।
मन्त्रीपरिषद् वैठकले परिषदको सदस्य सचिवमा कालिकोटका विश्वमित्र सन्ज्याल, उपाध्यक्षमा सुर्खेतका प्रमोद हमाल, अन्य सदस्यहरुमा हुम्लाका टक्क बहादुर शाही, जुम्लाका सरोज शाही, सल्यानका भुमा कुमारी बुढाथोकी, जाजरकोटका मोहनराज घर्ती नियुक्त भएका छन् ।
सामजिक विकास मन्त्रालयले गरेको प्रस्ताव मुख्यमन्त्री तथा मन्त्री परिषद्को बैठकले स्वीकृत गरेपछि कर्णाली प्रदेश खेलकुद परिषद् गठन गरिएको हो ।