‘संसद नभई ओलीले आफैलाई विगठन गरे’
मातृभूमी राजनितिक व्युरो । १४ पौष दैलेख
प्रधानमन्त्री केपी शर्मा ओली कमदमको विरोधमा दैलेख सदरमुकाममा प्रर्दशन गरिएको छ । प्रधानमन्त्रीले संघीय संसद विगठन गरेको विरोधमा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले दैलेख सदरमुकाममा प्रदर्शन गरेका हुन् । लिपुलेक लिम्पीया धुरामा भारतीय सेना हटाऊ, संसद पुर्नःस्थापना गर, केपी ओली मुर्दाबाद लगाएतका नारा जुलुस सहित टाउकोमा कालोपट्टि वानेर विरोधमा उत्रिएका प्रचण्ड नेपाल पक्षका कार्यकर्ताले सदरमुकाममा प्रर्दशन गरेका हुन् ।
ओलीले जनताको जनमतको अपमान गरेर संविधानमाथि ‘कू’ गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टि (नेकपा)का केन्द्रिय सदस्य एवं प्रतिनिधीसभा सदस्य राजवहादुर वुढाले नेकपा फुटेको छैन भन्दै जनतामाथि खेलवाड गरिदैँछ कुनैपनि हालतमा असंवैधानिक कदमका विरुद्ध एकढिक्का भएर अघि वढ्ने वताए । उनले संघिय संसद पुर्नःस्थापना गराएरै छोड्ने वताए ।
सम्बोधनका क्रममा वुढाले प्रधानमन्त्री ओलीको प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन नरोकिने बताए । ओलीको प्रतिगामी कदमविरुद्ध सबै राजनीतिक शक्ति र जनता ऐक्यवद्ध हुन जरुरी रहेको भन्दै ऐतिहासिक राजनीतिक परिवर्तन र संविधानको रक्षा गर्न नेपाली जनता तयार छन् भन्ने कुरा विरोध प्रदर्शनमा सहभागी जनताको सहभागिताबाटै पुष्टि भएको दावी गरे । उनले प्रधानमन्त्री केपी ओलीको संसद भंग गर्ने असंवैधानिक र प्रतिगामी कदमका विरुद्ध प्रदर्शनमा सबै राजनीतिक दल र नागरिक समाजलाई धन्यवाद समेत दिए । उनले संबैधानिक निकायका सदस्यहरुले पनि असंवैधानिक कदमको विपक्षमा निर्णय गर्नेमा आफुहरु विश्वस्त रहेको जनाए ।
प्रधानमन्त्री ओली राष्ट्रघाती भएको भन्दै नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले भने एमाले माओवादी भन्ने गलत प्रचार नगरौं नेकपा नै छ र रहन्छ हामी जनताको साथमा छौं, गलत कदमविरुद्ध सड्कमा आएका हौं ।’ उनले जनतालाई साथ दिन सबैसँग आग्रह गरे । रिजालले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै प्रधानमन्त्रीको यो कदम असंवैधानिक, अलोकतान्त्रिक र गणतन्त्र विरोधी भएको वताएका छन् ।
केपी ओली जस्ता तानाशाहका कारण आफुहरु फेरि एक पटक सडकमा आउन बाध्य भएको बताए । पुस ५ गते ओलीले जुन कदम चालेका छन् त्यसको विरोधमा अहिले काठमाडौंसहित देशभर विरोध प्रदर्शन भइरहेको भन्दै उनले सडकमा आउनु आफूहरुको रहर नभई आवश्यकता भएको बताए । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले अहिलेसम्मको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए । गत निर्वाचनबाट बहुमत ल्याउने कम्युनिस्ट नै भएकाले बालुवाटारमा बस्ने गुट तानाशाही मात्र भएको टिप्पणी गरे ।
कर्णाली प्रदेशसभा सदस्य अमरवहादुर थापाले प्रतिनिधिसभा भंग गर्ने निर्णय संविधानको भावना र मर्मविरुद्ध भएको भन्दै ओलीले संविधान विरोधी काम गरेको वताए । ओलीले प्रतिनिधिसभा भंग नगरेर आफ्नो सरकार भंग गरेको उल्लेख गरे ।
थापले भने, ‘केपी ओलीको सिफारिस संविधानको भावना र मर्मविरुद्ध भएको छ । संविधानमा हुँदै नभएको व्यवस्था गरेर केपी ओलीले सदन विगठन गर्नु भएको छ । सदन भंग भएको छैन । भंग भएको त केपी ओलीको सरकार हो’, प्रचण्डले भने, ‘संविधान विरोधी काम गरेर केपी ओलीले आफ्नै सरकार भंग गरेका छन् । केपी ओलीले आफूले आफूलाई विगठन गराएका छन् ।’ थापाले यो आन्दोलन केपी ओलीको प्रवृत्तिविरुद्ध भएको प्रष्ट पारे । ७० वर्ष लामो लडाँईवाट प्राप्त उपलव्धी माथी ओलीले प्रहार गरेको आरोप समेत लगाए ।
विरोध प्रदर्शन कार्यक्रमलाई नेता योगेन्द्र शाही, टेक बहादुर खाँण, थिर बहादुर कार्कि, प्रतिनिधीसभा सदस्य पार्वती विसुन्के, कर्णाली प्रदेशसभा सदस्य शुशिल थापा, अनेरास्ववियु दैलेखका सहसंयोजक हेमन्त दशांैदी, राष्ट्रिय युवा संघ दैलेखका सहसंयोजक गणेश रोकाय लगाएतका नेताले सम्वोधनका क्रममा राजतन्त्रको आयु सकिए जसरी नै निरंकुुश बाटो समातेका केपी शर्मा ओलीको आयु पुगेको बताएका छन् ।