झण्डै २८ लाखको स्वास्थ्य सामाग्री सहयोग

मातृभूमी संवाददाता । १५ पौष दैलेख
दैलेखका दुल्लु नगरपालिका र डुंगेश्वर गाउँपालिकालाई हेल्भेटास नेपालको आर्थिक सहयोग र सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखको सहजिकरणमा झण्डै २८ लाख वरावरको स्वास्थ्य तथा सरसफाई सहयोग गरिएको छ ।
कोरोना महामारीको समय देखिनै सहयोग गर्दै आएको यो परियोजनाले यस पटक पनि दैलेखमा विद्यालयहरु सञ्चालन हुन थालेपछि विद्यार्थीहरुको स्वास्थ्यलाई ख्याल गर्दै कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उक्त सामाग्रीहरु गाउँ तथा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
पिपिई सेट ६० वटा, एन नाईन्टी फाइभ माक्स २,००० थान, नर्मल माक्स, ६, हजार थान सेनीटाइजर ५ सय एम एल १२ सय वोतल, ग्लब्स १६ प्याकेट, विपी सेट ४ थान, थर्मल गन १२ थान, डिजिटल थर्मोमिटर २ सय थान र हेन्ड वास डिटोल ९ सय एम एल का ४० वोतल गाउँपालिका र नगरपालिकालाई हस्तान्तरण गरिएको हो । ८ सय ५० घरधुरीको लागि टुटी सहितको डूम पनि वितरण गरेको सस्थाका कार्यकारी निर्देशक सुजन न्यौपानेले वताए ।
साथै उक्त परियोजनाको आर्थिक सहयोगमा दुल्लु नगरमा ४ सय घरधुरीका लागि ४०० वटा टुटिसहितको डूम, २००० वटा पुन प्रयोग हुनेमाक्स, २००० वटा साबुन र विद्यालय तथा स्वास्थ्य संस्थाका लागी ४० वटा फुटअपरेटर धारा र डुंगेश्वर गाउँपालिकामा ४ सय ५० घरधुरीका लागि ४५० वटा टुटि सहितको ड्रम, २२५० साबुन, २२५० पुन प्रयोग हुने माक्स र १५ वटा फुट अपरेटर धारा जडान गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालकी कर्मचारी ललिता भण्डारीले वताइन् । सस्थाले पालिकाहरुलाई हस्तान्तरण गरेको सामाग्रीहरु गाउँ तथा नगरपालिका विद्यालय तथा स्वास्थ्य संस्थाहरुलाई वितरण गर्नेछ ।
दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले हेल्भेटास नेपाले विगतको महामारीमा पनि नगरपालिकालाई सहयोग गर्दै आएको र यसपटक पनि राम्रो सहयोग गरेकाले आगामि दिनमा पनि सहयोग र समन्वयको आवश्यक रहेको वताए । ‘यो कोरोनाको महासंकटमा परियोजना नगरपालिकाको सहयोगको सारथी भएको छ’ नगर प्रमुख भण्डारीले भने, ‘परियोजनाको सहयोगले गर्दा नगरको यस्ता किसिमका स्वास्थ्य तथा सरसफाइमा हुने खर्चको समेत वचत भएको छ र यसलाई हामिले अन्य ठाउँमा परिचालन गर्न ठुलो सहयोग पुगेको छ ।’
वाम्र्पी हेल्भेटास नेपालको साझेदारीमा संस्थाबाट अहिले दुल्लु नगरपालिका र डुंगेश्वर गाउँपालिकामा २८ लाख २१ हजार ४ सय सन्तानब्बे बराबर रुययाको स्वास्थ्य तथा सरफाईका सामाग्रीहरु वितरण गरिएको सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिह थापाले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *