क्यान्सर पिडित वालकलाई दक्षिण कोरीयावाट सहयोग
मातृभूमी संवाददाता । १९ पौष दैलेख
दैलेख एक व्लड क्यान्सर पिडित वालकलाई दक्षिण कोरीयावाट आर्थिक सहयोग प्राप्त भएको छ । दक्षिण कोरीयामा रोजगारीको शिलसिलामा रहेका नेपालीहरुले व्लड क्यान्सर पिडित वालकको उपचारका लागि आर्थिक सहयोग गरेका हुन् । नारायण नगरपालिका १० का व्लड क्यान्सर पिडित ३ बर्षिया बालक चेतन बोगटीलाई स्थानिय समाजसेवी गणेश बहादुर बोगटिको समन्वयमा दक्षिण कोरीयामा बैदेशिक रोजगारी गरि रहेका नेपालीले आर्थिक सहयोग जुटाएर पठाएका हुन् ।
दैलेखको नारायण नगरपालिका १० का उदय बोगटि र सारदा बोगटिका ३ बर्षिया बालक २ बर्ष अगाडि व्लड क्यान्सरवाट पिडित भएका थिए । बच्चाको उपचारमा भएको पैसा सबै सकिएपछि ऋण गरेर उपचार गराई रहेको बच्चाकी आमा सारदाले बताइन् । उपचारमा चरम आर्थिक अभाब भएपछि वडा कार्यालय, नगरपालिका लगायत विभिन्न संघसंस्थालाई सहयोगका लागि अनुरोध गरेपनि कसैबाट सहयोग पाउन नसकेको सारदाको भनाई छ ।
नारयण नगरपालिका १० का समाजसेवी गणेश बहादुर बोगटी आफै शारिरिक असक्तता भएका ब्यक्ति हुन् । उनी खुट्टामा समस्या भएका कारण हिडडुल गर्न सक्दैनन् । क्यान्सर पिडित बालकको उपचारका लागी आर्थिक अभाब भएको थाहा पाएपछि उनले सहयोगका लागी दक्षिण कोरीयामा रहेका उनका छोरा प्रेम बोगटि मार्फत सहयोगका लागि समन्वय गरेका थिए । त्यहाँ रहेका नेपालीले ६४ हजार नेपाली रुपैया संकलन गरी पठाएको समाजसेवी बोगटिले बताए । उनले भने, ‘म आफै पनि शारीरिक अशक्त ब्यक्ति भएकोले उपचारमा लाग्ने खर्च धेरै हुने र यस्तो बेला चरम आर्थिक अभाब हुने भएकाले समाजमा रहेका सबै क्षेत्रले रोगबाट पिडित भएकाहरुलाई सक्दो सहायोग गर्नुपर्दछ ।’
देशका बिभिन्न क्षेत्रबाट दक्षिण कोरीयामा रोजगारीको शिलसिलामा रहेका नेपालीले आर्थिक सहयोग गरेको कोरीयामा रहेका प्रेम वोगटिले जानकारि दिए । व्लड क्यान्सर पिडित बालकको उपचारार्थ दक्षिण कोरीयामा रोजगारी गरिरहेका नेपालका विभिन्न जिल्लाका प्रेम बहादुर बोगटि दैलेख, सरोज रोका सर्लाहि, बिर्ष राना कालिकोट, दिनेश भट्टराई ओखलढुंगा, सुरेन लिम्बु पांचथर, नबराज तामाङ्ग सिन्धुपालचोक, सजन बस्नेत दोलखा, आनन्द लामा हेटौंडा, किरनदेब राजबंशि झापा, राजु न्यौपाने पोखरा, लक्ष्मण न्यौपाने पोखरा, तिर्थ बोगटि दैलेख, शेर बहादुर बोगटि दैलेख, प्रेम शाही दैलेख, नबिन पराजुलि काठमाण्डौ, नरेन्द्र बस्नेत दैलेख, दिपेन्द्र बस्नेत दैलेख, बखत थापा दैलेख, एरिजो गौतम सिन्धुलि, सन्तोस काप्री काभ्रे, उपेन्द्र बिक्रम कटुवाल दैलेख , मिलन शर्मा सुर्खेत, बिकाश बिक्रम बुढा सुर्खेत, सन्त बहादुर रावत दैलेख, चन्द्र बहादुर बोगटि दैलेख, प्रकाश बस्नेत सुर्खेत, अबिरल कटुवाल दैलेख सुवास तामाङ्ग दाङ र अर्जुन आचार्य दोलखाका गरी २९ जनाले सहयोग रकम संकलन गरी ६४ हजार आर्थिक सहयोग गरेको दक्षिण कोरीयामा रहेका प्रेमले जानकारी दिए ।
दक्षिण कोरीयावाट प्राप्त भएको सहयोग रकम पिडित परिवारलाई हस्तान्तरण गर्दै नेपाली काँगे्रस दैलेखका सभापती कृष्ण कुमार बि.सी.ले रोग बाट पिडित बालकको उपचारमा लाग्नु पर्ने भएकाले बाबुआमाले रोजगार पनि गर्न नपाउने र उपचारमा खर्च धेरै हुने भएकाले सम्पुर्ण सहयोगी संघसंस्थाहरुलाई सहयोग गर्न आग्रह गरे । उनले यो कठिन घडिमा केहि रकम भएपनि दक्षिण कारीयामा दुःख मिहेनेत गरेर रोजगारी गरिरहेका नेपालीहरुले सहयोग गरेकामा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि समाजसेवाको काममा लाग्न अनुरोध गरे ।