दैलेखमा हिमपात, उत्तरी डाँडा सेताम्य

मातृभूमी संवाददाता । २० पौष दैलेख
दैलेखमा हिमपात भएको छ । गएरातिदेखी लगातारको बर्षासँगै हिमपात भएको हो । दैलेख सदरमुकामबाट देखिने उत्तरतर्फका डाँडाकाँडा सेताम्य भएका छन् । जिल्लाको महाबु, नौमूले, ठाटीकाँध गाउँपालिका लगाएत यहाँका विभिन्न क्षेत्रमा हिमपात भएको छ ।
यस्तै पश्चिमको आठबीस नगरपालिकाको सिंहासैन, पिपलकोट र ठाँटिकाँध गाउँपालिकाको वडा नं. ४ को वुकिमालिका ३ को नाके लगाएतका क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण दैलेखमा चिसो बढेको छ । चिसो वढेसँगै वालवालिका र वृद्धवृद्धालाई न्यानो वनाई राख्न तथा प्रसश्त मात्रामा झोलिलो खानेकुरा खुवाउन चिकित्सकले सललाह दिएका छन् ।
