दैलेख जेसीजमा नयाँ नेतृत्व, अध्यक्षमा थापा चयन

मातृभूमी संवाददाता । २२ पौष दैलेख
दैलेख जेसीजको २३ औँ शाखा अधिवेशन सम्पन्न भएको छ । मंगलवार भएको शाखा अधिवेशनले सन् २०२१ का लागि दैलेख जेसीजको नयाँ कार्यसमिति चयन गरेको छ । दैलेख जेसीजको अध्यक्षमा जेसी ध्रुवविक्रम थापा चयन भएका छन् । जेसीजमा एक व्यक्ति, एक पदको अवधारणा अनुसार २०२१ को नेतृत्व थापाले गर्न लागेका हुन् । दैलेख जेसीजको २०२१ को कार्यकारीणी उपाध्यक्षमा जेसी दुर्गाप्रसाद न्यौपाने र जेसी रमेश थापा, महासचिवमा जेसी भिमवहादुर सिजापति चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा जेसी सुवास थापा, जेसी गणेश प्रसाद कोईराला, जेसी मिना कुमारी थापा र जेसी देवेन्द्रप्रसाद आचार्य चयन भएका छन् । यसैगरी दैलेख जेसीज २०२१ को कोषाध्यक्षमा जेसी टोपेन्द्र कुमार थापा चयन भएका छन् । नयाँ कार्यसमितिको कानुनी सल्लाहकारमा जेसी चेतन कुमार थापा, शाखा सम्पादकमा जेसी जीवन कुमार सिजापति, प्रेस सल्लाहकारमा जेसी महेन्द्र सापकोट चयन भएका छन् । निर्वतमान अध्यक्ष जेसी प्रकाश पौड्यालले २०२१ का अध्यक्ष जेसी ध्रुवविक्रम थापालाई मंगलबार आयोजित कार्यक्रममा अविर तथा खादा लगाएका थिए ।
कार्यक्रममा दैलेख जेसीजका सन् २०१६ का अध्यक्ष जेसी सन्देश श्रेष्ठ (शैलेस), २०१७ का अध्यक्ष जेसी विनोद कुमार श्रेष्ठ, २०१८ का अध्यक्ष जेसी चेतन विष्ट, २०१९ का अध्यक्ष जेसी रमा प्याकुरेलले व्यक्तित्व विकास नै जेसीजको मुल उद्देश्य रहेको वताएका थिए । व्यक्तित्व विकाससँगै नेतृत्व लिन सक्ने हुनुपर्ने उनीहरुको भनाई रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *