भगवतीमाईमा भिरवाट खसेर वडा सदस्यको मृत्यु

मातृभूमी संवाददाता । २५ पौष दैलेख
दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. १ पगनाथकी महिला वडा सदस्यको भिरवाट लडेर मृत्यु भएको छ । गाउँपालिका वडा नं. १ पगनाथ की २७ वर्षिया पुष्पा अधिकारीको भिरवाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी ईन्द्रजित सुनारका अनुसार वडा सदस्य पगनाथवाट सुर्खेत जान वेस्तडा जाने क्रममा भिरवाट लडेर घाईते भएको र उपचारका लागी दैलेख अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानवहादुर थापाका अनुसार अहिले जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पोष्टमार्टम गरी दाहासंस्कारका लागी उनको घर पगनाथ लगिएको छ । उनका दुई छोरीहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *