विकासमा फड्को मार्दै नौमूले
भुुुपेन्द्र शाही । १८ फागुन दैलेख
दैलेखको नौमूले भन्ने वित्तिकै सबैले सम्झने एउटा छुट्टै पहिचान बोकेको ठाउँ हो । जुन ठाउँ मानिसले विगतको द्वन्दमा पीडा निकै भोग्नु प¥यो तर, सम्भावनै सम्भावनाले भरिपूर्ण यो ठाउँ साविकका ८ गाविस मिलेर नौमूले गाउँपालिका बन्यो । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि यसको मुहार फेरिन थालेको छ । भौगोलिक रुपमा विकट पालिका भए पनि यहाँका सम्भावनाको खोजी गर्दै नौमूले गाउँपालिकाले आर्थिक सामाजिक विकासका साथै पूर्वाधार विकासमा तीव्र गतिले अगाडि बढिरहेको छ । नौमुले गाउपालिकाले आठवटै वडा मुकाममा सडक पु¥याईसकेको छ ।
नौमूले गाउँपालिका १ नम्बरको तोलिबजार २ नम्बरको बालुवाटार रापट बजार, ३ नम्बरको द्वारी , ४ नम्बरको कालिका बाङगे बजार, ५ नम्बरको नौमुले, ६ नम्बरको सल्लेरी, ७ नम्बरको पैति र ८ नम्बरको चौराठामा सडक सञ्जालले जोडेको छ । वडाको मुकामबाट गाउँ टोल बस्तिमा सडक निर्माण कार्य तिब्ररुपमा चलिरहेको छ । यस्तै यसैवर्ष गाउपालिका वडामुकामहरुमा विद्युतिकरण गरिने र नौमुले उज्यालो पारिने गाउँपालिकाले जनाएको छ । जनप्रतिनिधि निर्वाचित भएपछि सडकलगायतका पूर्वाधार विकासमा जोड दिँदै पालिका विकासमा अगाडि बढ्दै गर्दा जनप्रतिनिधि योजना छनौट र कर्मचारीले कार्यान्वयनको पाटोलाई ध्यान दिँदा विकासमा सन्तोषजनक ढंगले अगाडि बढेको जनप्रतिनिधिहरु बताउँछन् ।
दैलखेको पर्यटको दृष्टिकोणले महत्वपूर्ण मानिने नौमुले गाउँपालिकाका सवै वडाहरुमा सहज रुपले यातायातको पहुँच पुगेको वताउँछन् नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगर । सडक लगायत अन्य विकासे काममा करोडौं लगानिमा नौमले क्षेत्रमा विकासका कामहरु धमाधम निर्माण भइरहेको अध्यक्ष वुढाले वताए । नौमूले क्षेत्रमा हाइड्रो भएपनि अध्यारोमुनी वस्न वाध्य नौमूले वासीको समस्यालाई मध्य नजर गर्दै ठुलो कसरतपछि वजामा वक्ति पु¥याइएको अध्यक्ष वुढाले वताए । ‘धेरै मेहेनपछि नौमुलेमा वक्ति पु¥याउन सफल भएका छौ’ अध्यक्ष वुढाले भने, ‘अव असार मसान्त सम्म यहाँका ८ वटै वडाका वडामुकामहरुमा वक्ति पु¥याउने लक्ष्य छ ।’ केहि वर्ष भित्र नौमूलेका सवै नागरिकको घरसम्म गाउँपालिकाले वक्ति वाल्ने योजना रहेको अध्यक्ष वुढाको भनाइ छ ।
नौमूले गाउँपालिका उपाध्यक्ष अमृता सिंह आफ्नो संयोजकत्वमा रहेको अनुगमन टीमले विकासका योजनामा अनुगमन गरेर नियम संगत भए नभएको हेर्ने प्रतिवेदनपछि भूक्तानी दिने गरेको बताउँछिन् । न्यायिक समिति संयोजक समेत रहेकी उनले न्यायिक समितिमा घरेलु हिंसा, बालविवाह, मानाचामल जस्ता मुद्दा आउने भएकाले हर्न मिल्ने मुद्दा मेलमिलाप गराउने र फौजदारी खालका मुद्दा अदालत पठाइने गरेको बताइन् ।
गाउँपालिकाले विकास निर्माणका साथै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनु र प्रशासनिक काम जनअपेक्षा अनुरुप गर्दै जानु अर्को प्रमुख दायित्वलाई संगसंगै अगाडि बढाएको छ । नौमूले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइराला कार्यसम्पादनमा प्रविधि वेभसाइट, डिजिटल वोर्ड, नेटको प्रयोग गर्दै आएको जनाउँदै गुनासो सम्बोधनका लागि बेलाबेलामा बैठक, जनशक्ति पूरा नभएका शाखाहरुमा पनि बैकल्पिक व्यवस्था गरेर सम्बोधन गरिने गरेको बताउँछन् । उनले विकासका गतिविधिमा सडकलाई प्राथमिकतामा राखेर विकास निर्माणमा लागिरहेको बताउँदै चालू आर्थिक वर्षमा ४२ करोड १ लाख ६५ हजार बजेट रहेकोमा दोस्रो चौमासिकसम्ममा ४० प्रतिशत बढी बजेट खर्च भएको जानकारी दिए ।
नौमूले गाउँपालिका वडा नं. ३ का अध्यक्ष गगन रोका मगर विकास निर्माणका काम तीव्ररुपमा अगाडि बढाउने क्रममा पहिले वडा कार्यालयसम्म पनि सडक नआएको भए पनि अहिले बस्तीस्तरसम्म पूर्वाधार विकासका काम अगाडि बढाएको बताउँछन् । गाउँपालिकाको बजेटका साथै विभिन्न संघसंस्थाको सहयोगमा पूर्वाधार विकासका साथै अन्य सामाजिक आर्थिक विकास अगाडि बढाएको उनले बताए ।
यसरी नौमूले गाउँपालिकाले समग्र विकासका लागि विषयगत शाखाहरुलाई परिचालित गर्दै अगाडि बढाएको छ । जल जमिन र जंगलको उचतम प्रयोगमा ल्याउँदै पालिकालाई हाइड्रो हवका रुपमा पनि विकास गर्न थालिएको छ ।