जवरजस्ती करणीको आरोपमा एक किशोर पक्राउ

अस्मित सिजापति । फागुन १८ दैलेख
बालिका जवरजस्ती करणीको आरोपमा १८ वर्षिय किशोर पक्राउ परेका छन् । दैलेखको भगवतीमाई गाउँपालिका २ वेस्तडाका १८ वर्षिय किशोर मोहन वुढाले परिवर्तित नाम ६२ दैलेख ‘घ९५’ लाई जवरजस्ती करणी गरेको जाहेरी दरखास्तको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जवरजस्ती करणी मुद्धामा पक्राउ परेका वुढालाई प्रहरी हिरासतमा राखी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । उनले भने, ‘जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालयमा दर्ता भई पक्राउ परेका उनलाई दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमती लिई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भईरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *