ओली र ‘विप्लव’ले एउटै मञ्चबाट सम्बोधन गर्दै

मातृभूमी संवाददाता । २१ फागुन काठमाण्डाै

विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रवार सार्वजनिक हुँदैछन् । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति भएपछि शुक्रवार चन्द सार्वजनिक हुन लागेका छन् । शुक्रवार २ बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रम मार्फत विप्लव समूहका महासचिव चन्द सार्वजनिक हुनु लागेका हुन् । यो समुहलाई मूलधारको राजनीतमा फर्काउन सरकारले विभिन्न चरणमा अनौपचारिक वार्ता गरेपछि बुधबारदेखि औपचारिक वार्ता थालेको थियो ।

बुधबार र बिहीबार दुई दिन भएको वार्तामा भएको विस्तृत राजनीतिक सहमतिलाई शुक्रबार विशेष सर्वजनिक समारोह गरी सार्वजनिक गर्ने सरकारको तयारी छ । सो कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ले एउटै मञ्चबाट संबोधन गर्ने बताईएको छ । २०७५ साल फागुन अन्तिम साता गैरराजनीतिक क्रियाकलाप सञ्चालन गरेको, हिंसात्मक बाटो लिएको आरोप लगाउंदै सरकारले विप्लव समुहमाथि प्रतिबन्ध लगाएको थियो ।

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समुहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । यस्तै बैठकले सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।

वि.स.२०७५ फागुन अन्तिम साता गैरराजनीतिक क्रियाकलाप सञ्चालन गरेको, हिंसात्मक बाटो लिएको आरोप लगाउंदै सरकारले विप्लव समुहमाथि प्रतिबन्ध लगाएको थियो । यसअघि बिहीबार बिहान सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको थियो ।

मंगलबारदेखि पटक–पटक भएको वार्ता पछि दुवै समूहबीच तीन बुँदे सहमति भएको हो । सहमति अनुसार संवादबाटै सम्पूर्ण राजनीतिक विषयहरुको समाधान खोज्न विप्लव समूह सहमत भएको छ भने सो समूहले आफ्ना सम्पूर्ण गतिविधिहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने छ ।

यस्तै सरकारको तर्फबाट विप्लव समूहमाथिको प्रतिबन्ध हटाइने छ भने सम्पूर्ण बन्दीहरु रिहा गर्ने र मुद्दाहरु फिर्ता लिइने छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *