दैलेखका बादी समयुदाय भोकभोकै धर्नामा, माग अझै सुनेन प्रदेश सरकारले

मातृभूमी संवाददाता । २१ फागुन दैलेख

सुर्खेतमा आन्दोलनरत बादी समुदायले आफूहरूको मागप्रति सरकार गम्भीर नभएको गुनासो गरेका छन् । जग्गा र उचित बसोबासको माग गर्दै दैलेखका बादी समुदाय झण्डै दुई सातादेखि कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बसेका छन् ।
आफूहरू भोकभोकै धर्नामा बसे पनि प्रदेश सरकारले बेवास्ता गरेको बादी अगुवा हिक्मत बादीले बताएका छन् । ‘झण्डै दुई सातादेखी खुला आकाशमा रात बिताइरहेका छौं,’ उनले भने, ‘पेटभरि खान नपाएको ५ दिन भयो ।’
‘जग्गा चाहियो’ भन्दै दैलेखको दुल्लु, चामुण्डा विन्द्रासैनी र आठबिस नगरपालिकाका वादी समुदाय वीरेन्द्रनगर पुगी आन्दोलित भएका हुन् । कुम्लो–कुटिरो, लत्ताकपडा, बाख्रापाठा सहित गाउँबाट हिंडेका वादी समुदाय यहि फागुन ९ गते साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पुगेका थिए ।
मुख्यमन्त्री कार्यालय अगाडिको चौरमा झन्डै ४ सय बादी समुदायका व्यक्ति धर्नामा बसिरहेका छन् । सीप बेचेर खान्छौं भन्दा पनि सरकारले जग्गा र बसोबासको व्यवस्था गर्न नसकेको दैलेखको दुल्लु नगरपालिकाकी भूमिका बादीले बताइन् । ‘राउटेलाई जग्गा दिन तयार प्रदेश सरकारले हामीलाई हेला ग¥यो,’ उनले भनिन्, ‘घरजग्गा नहुँदा परिवार पाल्न मुस्किल भयो, जग्गा मात्रै दिए पनि खेती गरेर खान्थ्यौं ।’
जमिनको व्यवस्था नगरेसम्म मुख्यमन्त्री कार्यालय नछोड्ने सबै बादी अगुवाको अडान छ । निर्वाचनका बेला दलहरूले पुर्जा दिन्छौं भनेर भोट मागे पनि अहिले बेवास्ता गरेको अर्का अगुवा प्रकाश बादीले बताए । ‘जितेपछि नेताहरू फर्केर आएनन्,’ उनले भने, ‘उनीहरूलाई चुनावी नारा सम्झाउन पनि आन्दोलन थालेका हौं ।’
प्रदेश सरकारसँग जीविकोपार्जनको विकल्प माग्न सुर्खेत पुगेकी ६० वर्षीया लक्ष्मी बादीले बताइन् । काम गर्न जग्गा नभएको र मजदुरी पनि नपाईने र सरकारले जग्गा नदिएसम्म गाउँ नजाले उनको भनाई थियो । ‘अझै कति दिन सहेर बस्ने ? उनले प्रश्न गरिन् । मन्त्रिपरिषद् कार्यालय अगाडी धर्नामा बालबालिका, ज्येष्ठ नागरिकदेखि गर्भवती र सुत्केरी समेत सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *