अब कागजबाट मोबाइल चार्ज हुने

स्मार्टफोनको प्रयोगकर्तालाई मोबाइलको बैटरी समस्या दिनहुँ झेल्नु पर्छ। बैटरी डाउन भएर फोन अफ भइदिन्छ, तपाईं बाटोमा हुनुहुन्छ फोन चार्ज गर्ने सुविधा हुन्न। यो समस्या आजका अधिकांश उपभोक्ताले भोग्नु पर्छ।
अब आएर अमेरिकाका वैज्ञानिकहरुले यस समस्याको समाधान खोजेका छन्। उनीहरुले कागजबाट यस्तो जेनरेटर बनाएका छन्, जसलाई तपाईं खल्तीमै राखेर हिँड्न सक्नु हुन्छ। र, जहाँ जुनसुकै अवस्थामा भए पनि आफ्नो मोबाइल र यस्तै अन्य डिभाईस चार्ज गर्न सक्नुहुन्छ।
कागजबाट बनेको यस जेनरेटरलाई हातले थिच्नसाथ विद्युत उत्पन्न हुन्छ। हजुर कागजमा दबाब अथवा घर्षण पैदा हुनासाथ (Generate Electricity by Squeezing Paper Device ) विद्युत जनरेट हुन्छ। तपाईंलाई पत्याउन गाह्रो भए पनि यस प्रविधिको सफल परीक्षण भइसकेको छ। यस डिभाइसले तपाईं घर -ऑफिस बाहिर यात्रामा हुँदा, रेल,बस साइकल अथवा पैदल हिँडिरहदा पनि तपाईंलाई विद्युत आपूर्ति दिन्छ। तपाईं जुन ठाउँमा हुँदा पनि अब तपाईंलाई विद्युत एनर्जीको किल्लत ‘फेस’ गर्नु पर्दैन।
समाचार पढ्दा तपाईंलाई लाग्यो होला यी पत्रपत्रिकाले पनि जथाभावी लेख्छन्। हुन त कतिपय दृष्टिकोण र साक्ष्यले तपाईंको आरोप र आशंकालाई निराधार भन्न मिल्दैन। प्रकृतिले बनाएको संसारभित्र मानवले सिर्जना गरेका विभिन्न अन्य संसार छन्। हामी सबै आफ्नो मनोगत संसारमै रमिरहेका हुन्छौ। पत्रकारिता पनि यस्तै एउटा संसार हो, अब संसार हो भनेपछि संसारभित्र सबै किसिमका गतिविधि हुन्छन् भन्ने सत्य पनि स्वीकार गर्नुपर्ने हुन्छ। सबै पत्रपत्रिका आफ्नो काम प्रति सामानरूपले सजग, सचेत र जवाफदेही हुन्छन् भन्ने ग्यारेन्टी गर्न सकिन्न। तपाईंलाई लाग्यो होला कागजबाट विद्युत उत्पादन कसरी हुन सक्छ ? बाहियात कुरा !
तर पर्खिनुस है विज्ञानसंग तपाईंका सबै जिज्ञासा, आवश्यकता, आशंका र अविश्वासको समाधान गर्ने सामर्थ्य छ। तपाईंलाई कहिले काहीँ कुनै वस्तु छुँदा करेन्ट लागेको अनुभति भयो होला। अहिले चिसो कै मौसम छ, स्वेटर लाउँदै गर्दा कहिले काहीँ घर्षणले विद्युत तरंगको झल्को पाउनु भएको होला। स्वेटरमा केश अथवा अन्य पातला तन्तु टाँसिएर हैरान पनि हुनु भएको होला। यसको कारण तपाईंलाई थाहा होला नै, विज्ञानले यसलाई स्टेटिक पावर (Static Power) भन्छ। तपाईंलाई थाहै छ विद्युत त ब्रह्माण्ड बनेपछि धेरै समय पछि बन्यो । पहिला विद्युत बन्ने कच्चा पदार्थका रूपमा नेगेटिभ चार्ज र पोजिटिभ चार्ज बने। यी चार्जको आपसी संयोजनले विद्युत बन्यो। अब बुझ्नुस् यो नेगेटिभ चार्ज र पोजिटिभ चार्ज संसारका सबै वस्तु, सबै ठाउँमा छ। जब कुनै सतहमा नेगेटिभ चार्ज र पोजिटिभ चार्जको करीबी जम्काभेट हुन्छ, विद्युत उत्पन्न हुन्छ। अब तपाईं भन्न सक्नु हुन्छ विद्युत संसारको सबै ठाउँमा छ / हुन्छ। विद्युत गृहमा मात्रै विद्युत उत्पादन हुँदैन। यो बेग्लै कुरा हो अहिलेसम्म विज्ञानले सबै ठाउँमा भएका निगेटिभ चार्ज र पोजिटिभ चार्जको आपसी संयोजनबाट विद्युत उत्पादन गर्ने प्रविधि विकसित गर्न सकेको छैन।
यस समाचारलाई यसै क्रमको प्रारम्भ भन्न सकिन्छ। विज्ञानका विद्यार्थीलाई ‘ट्राइबोइलेक्ट्रिक इफेक्ट’ (Triboelectric Effect ) बारे थाहा हुन्छ। सामान्य भाषामा यो भनेको कुनै वस्तुमा दबाब पर्दा हुने प्रतिक्रिया हो। भनौ त्यहाँ रहेका इलेक्ट्रान उत्तेजित हुन्छन्। यसैगरी वस्तुमा रहेका दुइटा विपरीत चार्जमा दबाब पर्दा तिनका बीच इलेक्ट्रोन्सको प्रवाह हुन थाल्छ, यसले विद्युत उत्पन्न हुन्छ।
जर्जिया इन्स्टीट्यूट ऑफ टेक्नोलोजीका इन्जिनियर झांग लिन वांगले ‘ट्राइबोइलेक्ट्रिक इफेक्ट’बाट ‘ट्राइबोइलेक्ट्रिसिटी’ बनाउने प्रविधि विकसित गरेका छन्। यसलाई ‘ट्राइबोइलेक्ट्रिक जेनरेटर’ (Triboelectric Generator) भनिएको छ। उनको यस प्रविधिले आउने समयमा व्यावसायिक विद्युतको खपत निकै कम हुने अनुमान गरिएको छ।
झांग लिन वांग र उनका साथीहरुले सैंडपेपरलाई लेजरको सहायताले साना साना चार कुने आकृतिमा काटे। ती स्याण्डपेपरका टुक्रामा सुन र अन्य ‘कन्डक्टिभ’ पदार्थको पातलो कोटिंग गरे। यस पछि सबै टुक्रालाई जोडेर रोह्म्बी (Rhombi ) आकृति दिए। यो नै उनले बनाएको ‘ट्राइबोइलेक्ट्रिक जेनरेटर’ हो। यसलाई सजिलै खल्तीमा बोक्न सकिन्छ। उनले बनाएको यो कागजको विद्युत उत्पादन गर्ने जनरेटरमा हातका औलाले केही मिनेट थिच्दा १ वोल्टको एनर्जी जनरेट हुन्छ। कागजबाट उत्पन्न भएको यति एनर्जीबाट तपाईं मोबाइल, पॉवर बैंक, ईअरफोन,रिमोट कंट्रोल, मेडिकल डिभाइसका साथै अन्य साना इलेक्ट्रिक डिभाइस चार्ज गर्न सक्नु हुन्छ। वांगले यो प्रविधि सस्तो भएकोले चाडै लोकप्रिय हुने विश्वास लिएका छन्। उनी भन्छन्– यो प्रविधि ‘बायोडिग्रेबल’ पनि हो।
कल्पना गर्नुस्, भविष्यमा घरका भित्ता भित्तामा यस्ता कागज टाँसिएका हुन्छन् जसले धेरै नभए पनि घरमा खपत हुने आधा ऊर्जाको आपूर्ति गर्न सक्छ। र, यस प्रविधिको प्रयोग गरेर बनेका सौर्य पैनलले सौर्य ऊर्जा क्षेत्रमा क्रान्ति नै ल्याउने संभावनालाई जन्म दिएको छ ।

(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!