सर्वोच्चले ब्यूँतायो एमाले र माओवादी केन्द्र, नेकपा कट्टेललाई

मातृभूमी राजनितिक व्युराे । २३ फागुन काठमाण्डाै

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा ऋषि कट्टेललाई मान्यता दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कायम रहने भएका छन् । सर्वोच्च अदालतले पूर्ववत पार्टी कायम रहने गरी कट्टेलको पार्टीलाई मन्यता दिएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले माओवादी केन्द्र र केपी ओलीले नेकपा एमाले पाउने भएका हुन् ।

‘निर्वाचन आयोगमा यी दुवै निर्णय बदर भए पश्चात साविक निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्गिथत हुन जानकारी दिई शिघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नु गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ,’ सर्वोच्चको फैसलामा भनिएको छ ।


प्रतिनिधिसभामा दलहरुको उपस्थिति यस्तो छ:

कूल सदस्य : २७५ (१६५ प्रत्यक्ष, ११० समानुपातिक)

नेकपा : १७४

पूर्व एमाले : १२१ (प्रत्यक्ष ८०, समानुपातिक ४१)

पूर्व माओवादी : ५३ (प्रत्यक्ष ३६, समानुपातिक १७)

कांग्रेस : ६३ (प्रत्यक्ष २३, समानुपातिक ४०)

राजपा : १७ (प्रत्यक्ष ११, समानुपातिक ६)

समाजवादी पार्टी : १७ (पूर्व संघीय समाजवादी फोरम प्रत्यक्ष १०, समानुपातिक ६, पूर्व नयाँ शक्ति पार्टी प्रत्यक्ष १)

राष्ट्रिय जनमोर्चा :

राष्ट्रिय प्रजातन्त्र पार्टी :

नेपाल मजदुर किसान पार्टी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *