दाहाल–नेपाल स्थायी समिति बैठकः सर्वोच्चको फैसला कार्यान्वनय गर्दै छुट्टा–छुट्टै गतिविधि गर्ने

मातृभूमी राजनितिक व्युराे । २५ फागुन काठमाण्डाै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल पक्षको दाहाल–नेपाल समूहको स्थायी समिति बैठकले अदालतको निर्णय कार्यान्वयन गर्दै छुट्टा–छुट्टै गतिविधि गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाको कार्यान्वनयका लागि भए पनि आफूहरूले साविकको अवस्थामा फर्किनुपर्ने बताए । ‘सर्वोच्चको आदेशअनुसार हामीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै अवस्थामा पुगेको छौं ।’

बैठकले सर्वोच्च अदालतको निर्णयलाई अस्वभाविक, गलत, र राजनीतिक भएको निष्कर्ष निकाल्दै फैसलाप्रति गम्भीर असहमति जनाएको प्रवक्ता श्रेष्ठले बताए । उनले अब एकिकृत पार्टीको हैसियतले बैठक बस्ने सम्भावना न्यून रहेको जानकारी दिए ।

श्रेष्ठले पार्टीले अदालतको फैसलाको पुनरवलोकनमा जाने बताउँदै पुनरवलोकनको फैसला नआएसम्म साविकको एमाले र माओवादी केन्द्रको हिसाबले समानान्तर गतिविधि अघि बढाउने बताए । उनले पार्टी एकता उदेश्य र कार्य सही भन्ने निष्कर्ष पनि स्थायी कमिटी बैठकले निकालेको पनि जानकारी दिए ।

बामपन्थी एकताको पहललाई जारी, संविधानको कार्यान्वष्यन गर्न लोकतान्त्रिक पक्षहरुसँगको सहकार्यलाई निरन्तरता दिने निर्णय पनि पार्टीको बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *