दैलेखमा नेकपाको बोर्ड हटाएर एमालेको वोर्ड राखियो (तस्विर सहित)

मातृभूमी संवाददाता । फागुन २६ दैलेख
नेकपा एमाले दैलेखले वुधबार पार्टी कार्यालयमा नेकपाको वोर्ड हटाएर एमालेको वोर्ड राखेको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेर नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि नेकपा एमालेले आफ्नो कार्यालयमा एमालेको वोर्ड राखेको हो । नारायण नगरपालिकास्थित पार्टी कार्यालयको सभाहलमा एक कार्यक्रम गर्दै एमालेले नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको आफ्नो वोर्ड राखेको हो ।
नेकपा (एमाले) जिल्ला कमिटी दैलेखका उपाध्यक्ष प्रेम वहादुर थापाले विगतमा भएका सम्पूर्ण गतिविधिलाई यथावत राखी पार्टीलाई एक बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । उपाध्यक्ष थापाले सबै नेताहरुसँगको छलफलपछि जिल्लास्थित एमालेका सबै कमिटीको बैठक राख्ने जानकारी दिए । आगामी दिनहरुमा माओवादी केन्द्रवाट एमालेमा आएका नेता, कार्यकर्तालाई सम्मान सहित उचित स्थान दिने वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *