‘पीत पत्रकारीता नगर्न आग्रह’

मातृभूमी संवाददाता । ०१ चैत्र दैलेख
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जिल्लाको शान्ति, सुरक्षा र सुशासन आफ्नो पहिलो प्राथमिकतामा रहेको वताएका छन् । केहि दिनअघि दैलेखमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले आईतवार जिल्ला स्थीत क्रियाशिल पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा जिल्लाको शान्ति, सुरक्षा र सुशासन आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका हुन् ।
गृह जिल्ला दैलेख भएकाले पनि जिल्लाको सम्रग विकासका लागि आफुले सवैको साथ सहयोग पाउने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले विश्वास व्यक्त गरे । विगतमा जिल्ला विकास समिति दैलेखको स्थानीय विकास अधिकारीको जिम्मेवारी समेत सम्हालेका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जिल्लाको आवश्यकता र कामको प्राथमिकता समेत वुझेका छन् । जिल्लावासीको हक हितका लागि आफु सधै लागि पर्ने वताउँदै प्रमुख जिल्ला अधिकारी प्याकुरेलले दैलखलाई कसरी राम्रो वनाउन सकिन्छ भन्ने विषयतिर आफ्नो ध्यान केन्द्रित रहेको वताए । ‘मेरो पहिलो प्राथमिकता भनेको जिल्लाको शान्ति, सुरक्षा कायम गर्ने हो र संगै जिल्लाको शुसाशन पाटोलाई पनि मैले प्राथमिकतामा राखेको छु’ प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने, ‘म कसैको दवाव र प्रभावमा नपरी जिल्लावासीको हितका लागि जुनसुकै कदम चाल्न पनि तयार छु यसमा सवैको सहयोग चाहिन्छ ।’
सहारे खानेपानी, मध्यपहाडी राजमार्गको विकास, वजार अनुगमन, कर्मचारी अनुगमन, यातायात व्यवस्थापन, वजार व्यवस्थापन लगायतका क्षेत्रको सुधारको योजनाहरुलाई आफुले विषेश तरिकाले अगाडि वढाउने प्याकुरेलले प्रतिवद्धता जनाए । जिल्लाका सरकारी तथा स्थानीय तहले उपलब्ध गराउने सवैखाले सेवा सुविधामा नागरिकको सहज पहुँच स्थापित गराउन विशेष पहल गर्ने प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाई रहेको थियो ।
पत्रकारले कर्मचारीको अनुशासनको विषयमा राखेको जिज्ञासामा प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जिल्लाका कार्यालय लगाएत स्थानीय तहमा कर्मचारीहरुको अनुशासनलाई विशेष निगरानीमा राख्ने वताए । कार्यालय समयमा नागरिकको काम काज तथा कार्यालय समयमा कर्मचारीले नियमित सरकारी पोशाक अनिवार्य लगाउनुपर्ने प्याकुरेलले वताए । साथै प्रमुख जिल्ला अधिकारी प्याकुरेलले स्थानीय तहमा भईरहेका विकासे गतिविधिहरुमा भएका क्रियाकलापको निगरानी राख्न जिल्लाका पत्रकारहरुलाई आग्रह गरे ।

पीत पत्रकारीता नर्गन आग्रह

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जिल्लाका पत्रकारहरुलाई पीत पत्रकारीता नगरी व्यवसायिक पत्रकारीता गर्न आग्रह गरेका छन् । जिल्लाको पत्रकारीता पेशालाई मर्यादित वनाई आम नागरिकलाई सू–सूचित पार्न सम्पूर्ण सञ्चारकर्मीहरुलाई प्रमुख जिल्ला अधिकारी प्याकुरेलले आग्रह गरेका छन् ।
पत्रकारीता पेशाका नाममा कसैको चरित्र हत्या हुने खालका समाचारहरु सम्प्रेशण गरी भाइरल हुने गतिविधि नर्गन अनुरोध गरे । ‘आफ्नो पेशाको मर्यादामा रहि खवरदारी गर्दै आम नागरिकलाई सू–सूचित वनाउन जरुरी छ’ प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने, ‘हामिले कुनै पार्टीको पत्रकारीता नगरी आम नागरिकको हितमा पत्रकारीता गर्न आवश्यक छ, नागरिकको पक्षमा कलम चलाउनु पर्छ ।’ प्रमुख जिल्ला अधिकारी प्याकुरेलले समाजमा भएका यर्थाथ सत्य तथ्य घटनालाई निष्पक्ष ढंगले कलम चलाउन सञ्चारकर्मीहरुलाई अनुरोेध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *