सेञ्चुरी वैंकको वार्षिक उत्सवमा सामाजिक कार्य

मातृभूमी संवाददाता । ०२ चैत्र दैलेख
दैलेखको सरस्वती वृद्धा आश्रममा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम भएको छ । सेञ्चुरी कमर्सियल वैंक लिमिटेडको दशौँ वार्षिक उत्सवका अवसरमा उक्त कार्यक्रम गरेको हो । वैंकको दैलेख शाखाले वार्षिक उत्सवका अवसरमा वृद्धावृद्धलाई छाता वितरण गरेको थियो भने आश्रममा डस्टवीन वितरण गरेको छ ।
वैंकले यसअघी आफ्नो वार्षिक उत्सवका अवसरमा सामाजिक कार्य गर्दै आएको छ । वैंकले दैलेख वजारमा उल्लेखनीय कार्य गर्दै आईरहेको भन्दै युवा व्यवसायी राजकुमार श्रेष्ठले मुक्तकण्ठले प्रशंसा गरे । दशकौं विताई सकेका वैंक भन्दा छोटो समयमा सेञ्चुरी वैंकले दैलेखी जनताहरुको मन जितेको अर्का युवा व्यवसायी रमेश कुमार के.सी.ले वताए ।
वैंकका दैलेख शाखा प्रवन्धक महेश शाहीले आगामी दिनहरुमा पनि यसैगरी सामाजिक कार्यक्रमहरु गर्दै जाने र वैंकले गर्ने सामाजिक कामहरुमा सम्पुर्ण दैलेखी जनताहरुको साथ र सहयोगको अपेक्षा रहेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!