दुल्लू नगरपालिकामा भू–उपयोग योजना बनाइदैं
निरक शाही । ०३ चैत्र दैलेख
दुल्लू नगरपालिकामा जोखिम संवेदनशील भू–उपयोग योजना तयारी सम्वन्धी सरोकारवालावीच छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुल्लू नगरपालिकाको आयोजना र युएसएआइडी तयार नेपालको विपद जोखिम ब्यवस्थापन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा जोखिम संवेदनशील भू–उपयोग योजना सम्वन्धी सरोकारवालावीच छलफल भएको हो । दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा युएसएआइडी तयार नेपालका गतिविधी, भू–उपयोग योजना तयार गर्नका लागि युएसएआइडी तयार नेपालले गरेको प्रयास र कार्यक्रमको वारे तयार नेपालका विपद जोखिम न्युनीकरण ब्यवस्थापन विज्ञ चन्द्रा हाडाले प्रकास पारेकी थिईन् ।
कार्यक्रमा बहु प्रकोप जोखिम आँकलन तथा मुल्याङ्कन गरी त्यसको नतिजाको आधारमा हाल विद्यमान शहरीकरणको विश्लेषण गरी दुल्लु नगरपालिकाको भू–उपयोग योजना तयार गरिने तयार नेपालका टिम लिडर डा. सञ्जय उप्रेतीले वताए । वाढी, पहिरो, आगलागी, तथा भूकम्पिय प्रकोपको विश्लेषण, आर्थिक तथा मानवीय क्षेत्रमा पार्ने प्रभावको आधारमा भू–उपयोग योजना तयार गरिने टिम लिडर डा. उप्रेतीले वताए । तयार नेपालले नगरपालिकाको जोखिम संवेदनशील प्रोफाइल, २० वर्षे भू–उपयोग योजना, भू–उपयोग निती, भू–उपयोग योजना तथा भवन मापदण्ड, भू–उपयोग लागु गर्नका लागी विद्यमान कानुन तथा निति अन्र्तगत रहेर संस्थागत संरचनाको खाका निर्माण गरिने टिम लिडर डा. उप्रेतीको भनाई छ ।
कार्यक्रममा दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले नगरपालिकामा नयाँ वस्ती र नमुना वस्ती निर्माणको लागी भू–उपयोग निती आवश्यक भएकोले निति तयार गर्न लागेको बताए । प्रमुख भण्डारीले दातृ निकायले आयोजना निर्माण गर्दा नगरपालिकाको आन्तरिक आय बृद्धि हुने खालका योजना छनौट गर्न आग्रह गरे । यसैगरी नगर उपप्रमुख विष्णु थापा, प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणी नेपाल, नेकपा एमालेका रुद्र शाही, नेपाली काँग्रेसका नगर सभापति टंक रिमाल, नेमकिपाका नगर अध्यक्ष मदन भण्डारी, राप्रपाका नगर अयक्ष लोकेन्द्र गिरी लगाएतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा दुल्लू नगरपालिकाका जनप्रतिनिधी लगाएतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।